सुष्मालाई बक्सिङमा रजत पदक
शिक्षा र समाज
हिंसा सहेर नबसौं: नगर प्रमुख थापा

पाल्पा (रामपुर), जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले हिंसा सहेर नबस्न महिलाहरुलाई आग्रह गरेका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रामपुरका विभिन्न स्थानमा भएका कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले कुनै पनि हिंसा सहेर नबस्न आग्रह गरेका हुन् । उनले समाजमा हुने विभिन्न खालका हिंसाले समाजलाई नै अप्ठ्यारोमा पुर्याउने भन्दै सभ्य समाज निर्माणका लासि हिंसा कसैले पनि सहन नहुने धारणा व्यक्त गरे ।
रामपुर नगरपालिका वडा ७ ले आयोजना गरेको लैंगिक हिंसा सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले समाजमा महिला महिला बीच नै हिंसाका घटना घट्ने गरेको बताए । उनले पछिल्लो समय पुुरुष समेत हिंसामा परेका घटनाहरु बढेकाले त्यसमा सबैले हिंसाको प्रतिकार गर्नुपर्नेमा जोड दिए । सुनुवाइ हुँदैन भन्ने डरले पनि हिंसा सहेर बस्ने तर उजुरी नदिने प्रवृत्तिले हिंसा बढेकाको थापाको भनाई छ । उनले भने ‘आफु हिंसामा परेर पनि सुनुवाई हुँदैन भन्ने डरले हिंसा सहेर बस्नु पर्दैन, विगतको जस्तो समय अहिले छैन, जुनसुकै हिंसा अन्याय हो । अन्यायमा परेकालाई न्याय दिने निकाय छ ।’ लैंगिक हिंसाले समाजमा विभिन्न विकृति तथा नराम्रा घटना घटाउने भएकाले हिंसा रहित समाज निर्माणका लागि आफैबाट हिंसाको अन्त्य गर्नु पर्ने नगर प्रमुख थापाले बताए । कार्यक्रममा वडा अध्यक्ष दोवराज तिवारीले समाजमा मानसिक र शारिरिक हिंसा हुने गरेको भन्दै गरिबीका कारण पनि बढी हिंसा निम्त्याउने गरेको बताए । उनले यसको अन्त्यका लागि कसैले हिंसा गर्न नहुने र सहन नहुनेमा जोड दिए ।
कार्यपालिका सदस्य दुर्गादेवी भण्डारी गौतम, न्यायिक समितिका सदस्य खेमराज अधिकारी, लालीगुराँस मातृ समुहका अध्यक्ष विष्णु ठाडा लगायतले सभ्य र सुुसंस्कृत समाज निर्माणका लागि घरैदेखि हिंसाको अन्त्य गर्नुपर्ने बताए । कार्यक्रममा सहभागीहरुले महिला तथा बालिका विरुद्धको हिंसा कहिल्यै गर्ने छैनौ, हिंसामा उपेक्षा कहिल्यै गर्ने छैनौं, हिंसामा चुप लागेर बस्ने छैनौं, सबै किसिमका हिंसा न्यूनिकरण गर्न हामी प्रतिबद्ध छौं, भन्दै प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् । वडा सदस्य मिठूमाया सुनारको स्वागत, वडा सदस्य मिनबहादुर सिंजालीको धन्यवाद ज्ञापन र वडा सचिव गिता पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!