Shittalpati
पाल्पाको रामपुरमा घर प्लाष्टर गर्ने क्रममा लडेर युवकको मृत्यु

पाल्पा, जिल्लाको रामपुरमा घर प्लाष्टर गर्ने क्रममा लडेर एक युवकको मृत्यु भएको छ । बिहीबार विहान रामपुर नगरपालिका–५ बेझाडको एक घरमा प्लाष्टर गर्ने क्रममा लडेर पर्साको छिपहरमाई गाउँपालिका–३ मंगललापुरका २५ वर्षीय राजेश कसुहवाको मृत्यु भएको हो ।

स्थानीय दुुर्गा केसीको चार तले पक्की घरमा प्लाष्टर गर्ने क्रममा दुुई तलाबाट खस्न गई कुुसुुहवा घाइते भएका थिए । घाइते उनलाई रामपुर अस्पतालमा उपचार भए पनि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा राखिएको थियो । उनको उपचारका क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update