सुष्मालाई बक्सिङमा रजत पदक
शिक्षा र समाज
पाल्पाको बगनासकालीमा लागूऔषधसहित एक युवक पक्राउ

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका–२ पोखराथोबाट प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२७ तालचोकका ३९ वर्षीय अनिल साई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आर्यभञ्ज्याङ्ग प्रहरी टोलीले आइतबार दिउँसो पोखराथोक स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा चेकजाँच गर्ने क्रममा साईको साथबाट लागूूऔषध बरामद गरेको हो । बुटवलदेखि पोखरातर्फ जाँदै गरेको ग १३ प ४०३६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा साई प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका हुुन् ।
प्रहरीले मोटरसाइकलको टुल बक्समा रातो प्लाष्टिकमा पोको पारी लुकाइ छिपाइ गरी राखेको अवस्थामा टर्सिरेक्स एक सय एमएलको पाँच बोत्तल, निट्राभेट–१० लेखेको नौँ ट्याबलेट, स्याम्पेक्स प्लस लेखेको १६ ट्याबलेट लागूूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं डिएसपी वीरेन्द्र थापाले जानकारी दिए । पक्राउ परेका साईमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!