Shittalpati
रुपन्देहीमा गोली चल्दा एक घाइते

बुटवल, रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा गोली चल्दा एक जना घाइते भएका छन् । मध्यरातमा प्रहार भएको गोलीले सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका विकास गुरुङ घाइते भएका हुन् ।

अज्ञात समूहको प्रहार गरेको गोली गुरुङको कम्मरमाथि कोखामा लागेको छ । अहिले उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाबारे सोधपुछका लागि पाँचलाई नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update