Shittalpati
पाल्पामा अवैध सामान ल्याउने पिकअप गाडी सहित दुई जना पक्राउ

पाल्पा, जिल्ला प्रहरी कार्यालय पाल्पाले १ लाख ९७ हजार १ सय रुपैयाँ बराबरको अबैध सामान ल्याउने पिकअप गाडी सहित दुई जना पक्राउ परेका छन् । तानसेन बसपार्कमा प्रहरी चेकिङ गर्ने क्रममा बुटवलबाट पाल्पातर्फ अवैध सामान ल्याउँदै गरेको बागमती प्रदेश ०१०२५ च ८३६६ नम्बरको पिकअप गाडी सहित दुई जनालाई पक्राउ गरी कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।
प्रहरीले चेकजाँच गर्ने क्रममा राजश्व छली गरी ल्याएको सामग्री मंगलबार विहान बरामद गरेको थियो । बिना विलका सामानहरु ल्याउँदै गरेको अवस्थामा गाडी सहित चालक रौतहट डमरिया नगरपालिका ९ का २७ वर्षीय भोजेन्द्र चौधरी र सोही गाडीमा सवार रौतहट दुर्गा भगवती गाउँपालिका ५ का १९ वर्षीय रुपेश साहलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीले उनीहरुबाट साना ठूला सादा कराई ८० वटा, फेन्सी साना ठूला कराई ७७ वटा, कसौडी साना ठूला १ सय ५२ वटा र पटकुकर साना ठूला १ सय २९ वटा बरामद गरेको हो ।

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update