Shittalpati
भन्दा पुष्पलाल र वीपीको सिद्धान्त, व्यवहारमा अर्कै

कृष्ण पोखरेल
पाल्पा, नेपाली काँग्रेस र नेपाल कम्युनिस्टले सधैँ पुष्पलाल र वीपीको सिद्धान्त र विचारको वकालत गर्दै आएपनि व्यवहारमा त्यस्तो नरहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छ्न् । पुष्पलाल स्मृति प्रतिष्ठान नेपाल पाल्पाले तानसेन आयोजना गरेको ४४ औं स्मृति दिवसको कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । उनीहरुले नाम पुष्पलाल र वीपीको लिने तर व्यवहार र सिद्धान्तमा फरक तरिकाले आफ्नो अनुकूल गर्ने गरेको बताए । वक्ताहरुले पुष्पलाको विचार र सिद्धान्तलाई नेपालका बामपार्टीहरुले मूल मियो बनाएर काम गर्नुपर्नेमा बताए । अहिलेका राजनीतिक दल पुष्पलालको सिद्धान्तको आधारमा २०४६ र २०६२, ०६३ को आन्दोलन सफल भएको उनीहरुले बताए । पुष्पलाल लाभको पद नलिई सधैं जनताको पक्षमा काम गर्दै संघर्षपूर्ण जीवन बिताएकाले उनको कार्यबाट सिको गर्नुपर्नेमा कार्यक्रममा सहभागीहरुले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले पुष्पलाल नेपालका वामपाटीहरुको मुल मियो भएको बताए । नेताहरुले पुष्पलालको विचार नीति व्याख्या गर्ने तर व्यवहारमा ठिक उल्टो काम गरेको कारण देश अहिले संकटमा परेको समन्वय प्रमुख खनालले बताए । कार्यक्रममा प्रतिष्ठानका संरक्षक एवं तानसेन नगरका निवर्तमन प्रमुख अशोककुमार शाहीले नेताहरुले पुष्पलालको विचार सिद्धान्त र तथा भाव लाई आंशिक रुपमा बुझ्ने र अपव्याख्या गर्ने चलन बढेको बताए । अहिले संघीयता असफल भयो भनेर स्थानीय तहलाई समेत बदनाम गर्नेकाम भइरहेकोमा चिन्ता लागेको पूर्व नगर प्रमुख शाहीले बताए ।

तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजालीले नेपालमा पुष्पलाल र वीपीका विचारबाटै अहिलेका ठुला पार्टीहरु सञ्चालन भएको बताइन् । उनले दुबै जनाको सिद्धान्त तथा नीति सही रुपमा कार्यान्वयन भए देशमा परिवर्तनको लहर आउने बताइन् । नेपाली काँग्रेसका नेता विधान श्रेष्ठले नेपालको राजनीतिमा सबैभन्दा सर्घषशील जीवन बिताएको र दुःख पाएको राजनेता पुष्पलाल भएको बताए । पुष्पलालकै कारण आज नेपालमा कम्युनिष्ट पाटीहरुले राजनिति, कम्युनिष्ट भन्न पाएको नेता श्रेष्ठले बताए । नेकपा एमालेका नगर कमिटी अध्यक्ष गुराश आत्रेयले नेपालमा विकास तथा परिवर्तनको लागि पुष्पलालको विचार र सिद्धान्तलाई सही रुपमा नेतृत्व तहबाट कार्यान्वयन हुनुपर्ने बताए । व्यक्तिगत हित स्वार्थभन्दा माथि उठेर कम्युनिष्ट पार्टीहरु मिलेर देश विकासमा जुट्नुपर्ने नगर अध्यक्ष आत्रेयले बताए । नेकपा माओवादी केन्द्रका नेता मथुराप्रसाद ढकालले पुष्पलालको विचार सिद्धान्त अनुरुप नै काँग्रेससँग मिलेर संयुक्त सरकार सञ्चालन भएको दावी गरे । पुष्पलाल सधैं जातपात भन्दा माथि उठेर काम गरेको नेता ढकालले बताए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुवँरले देश विकास र राष्ट्रियता रक्षाको लागि कम्युनिष्टहरु एक हुनुपर्नेमा जोड दिए । तर नेपालका कम्युनिष्टहरु विचार सिद्धान्त भन्दा पनि व्यक्तिगत स्वार्थ र पदमा केन्द्रित रहेर टुक्रिने गरेकामा चिन्ता लागेको बताए । कार्यक्रममा पाल्पा प्रतिष्ठानका अध्यक्ष राजेन्द्र गोपाल सिंहले अहिले कम्युनिष्ट पार्टी र काँग्रेस पार्टीले पुष्पलाल र वीपीको विचार, सिद्धान्तलाई सत्ता र स्वार्थको मात्र भर्याङ बनाएको बाताए । टिकल, मान प्रतिष्ठा, नियुक्तीको नाममा नेताले गलत गर्दा पनि कार्यकर्ताहरु चुप लागेर बस्ने प्रबृत्ति हावी भएको कारण देश दिनहँु संकटमा पर्दै गएको सिंहले बताए ।

कार्यक्रममा प्रतिष्ठानका महासचिव गणेशराज ज्ञवालीले पुष्पलालको विचार सिद्धान्त, राजनीतिक दर्शन, जीवनशैली तथा आन्दोलन, आरोह अवरोहका विषयमा केन्द्रित रहेर अवधारणपत्र प्रस्तुत गरेका थिए । प्रतिष्ठानका अध्यक्ष गोविन्द भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष गोपालप्रसाद बस्यालको स्वागत तथा सचिव सन्तोष खनालको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update