Shittalpati
स्याङ्जामा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

पाल्पा, स्याङ्जामा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । गल्याङ–६ पेलाकोटस्थित पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीया बिन्द्र गुरुङ र चार वर्षीया सोफिया गुरुङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्दार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए । तत्काल उद्दार गरी वालिङस्थित गहौँ प्राथमिक अस्पतालमा पुर्‍याइएको थियो । अस्पतालका चिकित्सकले दुवै बाबुछोरीलाई मृत घोषणा गरेका थिए ।
यसैगरी बुधबार साँझ नै स्याङ्जा भिरकोट नगरपालिका ३, रिजुमा अन्दाजी ४५ वर्षको श्यामबहादुर रोकाको लडी मृत्यु भएको छ । श्यामबहादुरलाई सोही ठाउँ बस्ने ५० वर्षका यमबहादुर रोकाले धकेन्दा लडी मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खनालका अनुसार यमबहादुर रोकाले धकेल्दा घाइते भएका श्यामबहादुरलाई उपचारको लागि कालिका सामुदायिक अस्पताल हेलुमा लगेको र उनको उपचारको क्रममा मृत्यु भएको थियो । धकेल्ने व्यक्ति यमबहादुर रोकालाई बुधबार साँझ नै निजकै घरबाट प्रहरी पक्राउ गरेको छ । श्यामबहादुरलाई धकेल्नुको कारण नखुलेको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update