Shittalpati
तनावमुक्त जीवनका लागि राजयोग शिविर

कृष्ण पोखरेल
पाल्पा, ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय तानसेन पाल्पाले तनावमुक्त जीवनका लागि ५ दिने राजयोग शिविर सुरु गरेको छ । संस्थाले दया र करुवा बर्ष २०७९ को अवसरमा तनावमुक्त जीवनका लागि राजयोग शिविर तानसेनमा सुरु गरेको हो ।

आज साउन १ गते देखी शुरु भएको शिविर कार्यक्रम साउन ५ गते सम्म चल्ने छ । विहान ६: ४५ बजे देखी ८:४५ बजेसम्म त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा दैनिक २ घण्टा चल्ने शिविरमा अन्तर्राष्ट्रिय प्रशिक्षक ब्रहमाकुमारीज राजु घले रहेका छन् । प्रशिक्षक घलेले म को हु ? कहाँ बाट आएको हु ? परमात्माको शक्ति, एवं बरदानको प्राप्ती , जीवनमा कर्मको रहस्य, शान्ती एवं शुखको अनूभूती, सम्बन्धमा समधुरता, तनाव एवं क्रोधमुक्त जीवन, मनलाई शान्त राख्ने, जीवन व्यवस्थापन, तनावमुक्त जीवनका विषयमा प्रशिक्षक ब्रहमाकुमारीज घलले प्रशिक्षण तथा मेडिटेसन गराउने छन् । मानिसको बढ्दो व्यवस्तता, व्यस्त जीवनशैली, खानपान, रहनसहन स्वास्थ्य, शिक्षा, आचरण, आनिवानी, मनको व्यवस्थापन, आफै भित्रको खुसी लगायतका विषयवस्तुमा केन्द्रित मानिसलाई खुसी बनाउने अभियान शिविर केन्द्रीत हुने प्रशिक्षक घलले बताए । संस्थाले शिविर सञ्चालनका बारेका शनिबार कार्यालयमै पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । कार्यक्रममा पत्रकारहरुले शिविर सञ्चालनका बारेमा विभिन्न जिज्ञासा राखेका थिए । पाल्पा जिल्लामा यस्तो खालको शिविर सञ्चालनको धेरै प्रयास गर्दा यस पटक सफल भएको बताउदै, यो सबैका लागि महत्वपूर्ण रहेको, शिविरमा कुनै शुल्क नलाग्ने भएकाले घरपरिवारका सबै सदस्यहरुलाई सहभागी हुन क्षेत्रीय कार्यालयका ब्रहमाकुमार भानु प्रकाश पौडेलले आग्रह गरे । ब्रहमाकुमारी प्रेरणा दिदिको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन ब्रहमाकुमारी सरस्वतीले गरेकी थिइन् ।

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update