Shittalpati
अभिलेखहरु सुरक्षित राख्नुपर्नेमा जोड

कृष्ण पोखरेल
पाल्पा, इतिहास कायम राख्न अभिलेखहरु सुरक्षित राख्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । मदन पुरस्कार पुस्तकालय र सम्पदा प्रतिष्ठान पाल्पाले तानसेनमा आयोजना गरेको स्थानीय अभिलेख चासो र पहल अन्तक्र्रिया कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले इतिहासका बारेमा नयाँ पुस्तालाई जानकारी गराउन अभिलेखहरु सुरक्षित राख्नुपर्नेमा जोड दिएका हुन् ।

उनीहरुले पाल्पाको इतिहास, पहिचान, विगत र वर्तमानका विषयमा भावी पुस्तालाई जानकारी गराउन अभिलेखहरुलाई सुरक्षित राख्नुपर्नेमा जोड दिए । अहिले भए गरेका गतिविधीहरु भोलिको लागि अभिलेख रहने उनीहरुको भनाई छ । हरेक विषयवस्तुको महत्वपूर्णता छनौट गरी भोलिका लागि राखिने संग्रह नै अभिलेख हो यो ज्यादै महत्वपूर्ण अभियान भएको सहभागीहरुले बताए । मानिसको मृत्यु जति बेला पनि हुन्छ, घरमा भएका महत्वपूर्ण वस्तु तथा सामग्रीहरु पनि जतिबेला पनि नष्ट हुन सक्छन्, घरमा रहेका वस्तु आफुलाई महत्वपूर्ण नलागे पनि अन्य व्यक्ति संस्था वा राज्यका लागि भने अत्यन्त महत्वपूर्ण हुन सक्ने भएकाले त्यस्ता वस्तुहरुको अभिलेख राख्ने काम मदन पुरस्कार पुस्तकालयले राख्दै आएकोमा खुसी व्यक्त गर्दै सहभागीहरुले उक्त अभियानमा आफुहरुको समेत सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा इतिहासविद निर्मल श्रेष्ठ, प्राध्यापक महेन्द्र पन्थी, पत्रकार किरण कौशल, सामाजिक अभियान्ता नरेश भट्टराई, नेवा गुठीका प्रकाश गंगोल, साहित्यकार पुष्करराज रेग्मी लगायतले सरकारीस्तरबाटै अभिलेख नष्ट गर्ने काम भएको भन्दै दुख व्यक्त गरे । सरकारको विशेष विभाग गठन गरेर, हरेक पालिकास्तर बाट अभिलेख संकलन, सरक्षण अभियान चलाउनु पर्ने उनीहरुले जोड दिए । कार्यक्रममा बरिष्ठ पत्रकार मेघराज शर्माले मदन पुरस्कार पुस्तकालय र सम्पदा प्रतिष्ठान पाल्पाले स्थानीयस्तरमा शुरु गरेको अभियानले मानिसमा अभिलेख राख्ने , संकलन गर्ने र संरक्षण गर्नेमा चासो जगाईदिएको बताए ।

यो अभियानबाट पाल्पाका अधिकाश अभिलेख संकलन हुने अवस्था आएको शर्माको भनाई छ । कार्यक्रममा मदन पुरस्कार पुस्तकालयका निर्देशक सविन मिश्रले स्थानीयस्तरका हरेक अभिलेखमा चासो र पहलका लागि यो कार्यक्रम गरिएको बताए ।यो अभियानबाट पाल्पाका अधिकाश अभिलेख संकलन हुने अवस्था आएको शर्माको भनाई छ । कार्यक्रममा मदन पुरस्कार पुस्तकालयका निर्देशक सविन मिश्रले स्थानीयस्तरका हरेक अभिलेखमा चासो र पहलका लागि यो कार्यक्रम गरिएको बताए । जनचेतनाको कमीकै कारण अभिलेखको सामग्री दिन डराउने, हिचकिचाउने, अभिलेखजन्य सरसमानहरु फालिदिने काम भईरहेकाले आगामी दिनमा अभिलेख संकलन अभियानले महत्वपूर्ण भूमिका खेल्नेमा निर्देशक मिश्रले विश्वास व्यक्त गरे । पुस्कालयका अनुसन्धानकर्ता दिपक अर्यालले पाल्पा अभिलेखको खानी भएकाले यहाँका हरेक चिज सरसमान विषयबस्तु, बोलीचाली, भेषभुषा भाषा, भाषी, कला संस्कृती सबै अभिलेखका सामग्रीहरु भएको बताए । उनले धवलपुस्कालय देखी राणाहरुका दरवार, रहन सहनदेखी सेन राजा, राणा सम्मका गतिविधी सबै अभिलेख भएको अर्यालले बताए । सम्पदा प्रतिष्ठानका अध्यक्ष राजेन्द्र गोपाल सिंहले नयाँ देखी पुराना जनप्रतिनिधी, राजनीतिक दलका नेता, कर्मचारी तथा पत्रकारहरुले समेत अभिलेख संकलनमा ध्यान नदिएको बताए ।

आफुले ऋण खोजेर, संग्रहालय सञ्चालन गरेको भएपनि सरकारीस्तर देखी ठूला राननीतिक दलहरुबाट पूर्वाहग्रही भावनाबाट काममा असहयोग भएको अध्यक्ष सिंहले गुनासो गरे । कतैबाट सहयोग नपाएपनि मदन पुस्तकालय जस्ता संस्थाहरुले आफ्नो जोस जागर र उत्साहलाई उर्जा थपेको सिंहको भनाई छ । सिंहले अहिलेसम्म अभिलेखहरु डिजिटलाइजेशन गरी मदनपुरस्कार पुस्तकालयलाई हस्तानतरण गरेका छन् । जनचेतनाको कमीकै कारण अभिलेखको सामग्री दिन डराउने, हिचकिचाउने, अभिलेखजन्य सरसमानहरु फालिदिने काम भईरहेकाले आगामी दिनमा अभिलेख संकलन अभियानले महत्वपूर्ण भूमिका खेल्नेमा निर्देशक मिश्रले विश्वास व्यक्त गरे । पुस्कालयका अनुसन्धान कर्ता दिपक अर्यालले पाल्पा अभिलेखको खानी भएकाले यहाँका हरेक चिज सरसमान विषयबस्तु, बोलीचाली, भेषभुषा भाषा, भाषी, कला संस्कृती सबै अभिलेखका सामग्रीहरु भएको बताए । उनले धवलपुस्कालयदेखी राणाहरुका दरवार, रहन सहनदेखी सेन राजा, राणा सम्मका गतिविधी सबै अभिलेख भएको अर्यालले बताए । सम्पदा प्रतिष्ठानका अध्यक्ष राजेन्द्र गोपाल सिंहले नयाँ देखी पुराना जनप्रतिनिधी, राजनीतिक दलका नेता, कर्मचारी तथा पत्रकारहरुले समेत अभिलेख संकलनमा ध्यान नदिएको बताए ।

आफुले ऋण खोजेर, संग्रहालय सञ्चालन गरेको भएपनि सरकारीस्तर देखी ठूला राननीतिक दलहरुबाट पूर्वाहग्रही भावनाबाट काममा असहयोग भएको अध्यक्ष सिंहले गुनासो गरे । कतैबाट सहयोग नपाएपनि मदन पुस्तकालय जस्ता संस्थाहरुले आफ्नो जोस जागर र उत्साहलाई उर्जा थपेको सिंहको भनाई छ । सिंहले अहिलेसम्म अभिलेखहरु डिजिटलाइजेशन गरी मदनपुरस्कार पुस्तकालयलाई हस्तानतरण गरेका छन् । यहाँका स्थानीय सम्पदाहरुको अभिलेख राख्ने र संकलन गर्ने काम मदन पुरस्कार पुस्तकालयले गर्दै आएको छ । मदन पुस्कालयले डिजिटल अभिलेख संकलनको अभियान समेत शुरु गरेको छ । डिजिटल अभिलेखबाट बास्तविक वस्तु तथा सामग्री कुनै कारणले नष्ट, हराएर वा चोरी भए पनि भोलिका दिनमा त्यसको अभिलेख सुरक्षित राख्न संस्थाले यो अभियान शुूरु गरेको हो । यहाँका स्थानीय सम्पदाहरुको अभिलेख राख्ने र संकलन गर्ने काम मदन पुरस्कार पुस्तकालयले गर्दै आएको छ । मदन पुस्कालयले डिजिटल अभिलेख संकलनको अभियान समेत शुरु गरेको छ । डिजिटल अभिलेखबाट बास्तविक वस्तु तथा सामग्री कुनै कारणले नष्ट, हराएर वा चोरी भए पनि भोलिका दिनमा त्यसको अभिलेख सुरक्षित राख्न संस्थाले यो अभियान शूरु गरेको हो ।

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update