Shittalpati
बगनासकालीका जनप्रतिनिधिले लिए गतिविधिको जानकारी

कृष्ण पोखरेल

पाल्पा,  जिल्लाको बगनासकाली गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले पालिकाका कर्मचारीहरुसँग चालु आर्थिक वर्षमा भए गरेका गतिविधिहरुको जानकारी लिएका छन् । नव निर्वाचित जनप्रतिनिधीहरुले जेठ मसान्तसम्म भएका काम गतिविधी, आम्दानी खर्च, विकास निर्माण, शिक्षा, स्वास्थ्य, पुर्वाधार, राजश्व, कृषि, पशु, लगायतका विषयमा कर्मचारीहरुंसँग जानकारी लिएका हुन ।

गाउँपालिकाले ९ वटै वडामा भएका विकासका गतिविधी, कार्य प्रगतिको जानकारी लिएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय केन्द्रमा कार्यरत विषयगत शाखा प्रमुख, ९ वटै वडाका वडा सचिव, पालिका भित्रका स्वास्थ्य चौकी प्रमुख, आर्युवेदिक औषधालयका प्रमुख, विभिन्न विद्यालयका शिक्षकहरुले जेठ मसान्तसम्म भएका कामहरुको बारेमा जनप्रतिनिधीहरुलाई जानकारी गराएका छन् । कार्यक्रममा विषयगत शाखा प्रमुखले आगामी दिनमा गर्नुपर्ने काम,कर्तव्य, जिम्मेवारी, तथा आवश्यकता र बजेट विनियोजनका विषयमा निर्वाचित जनप्रतिनिधीहरुलाई जानकारी गराएका थिए । सबैका सुझाव सल्लाह अनुसार नीति,कार्यक्रम तथा बजेट निर्माण हुने अध्यक्ष सरस्वती चिदीले बताएकी छन् । नीति कार्यक्रम तथा बजेट निर्माणको विषयमा नव निर्वाचित जनप्रतिनिधीहरु लागि रहेको समयमा चालु आर्थिक वर्ष भित्र भएका काम तथा आगामी दिनमा गर्नुपर्ने कामको विषयमा गाउँपालिकाले जनप्रतिनिधी र कर्मचारी बिच परिचय, अन्तक्र्रिया तथा सुझाव संकलन गरेको हो । कार्यक्रम पालिका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरी प्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती, पालिका प्रवक्त टिकाबहादुर थापा सहित ९ वटै वडाका वडा अध्यक्ष तथा सदस्यहरु र विषयगत शाखा प्रमुख, तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम यादव न्यौपानेको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update