Shittalpati
पाल्पाका पूर्वसांसद थापाको निधन

पाल्पा,पाल्पा क्षेत्र नम्बर १ का पूर्वसांसद तथा नेकपा एमालेका नेता भद्रबहादुर थापाको निधन भएको छ । थापाको ७० वर्षको उमेरमा शनिबार आफ्नै निवास रामपुर नगरपालिका  १० गेझामा निधन भएको हो ।

भद्र, सरल र असल स्वभावका थापा लामो समयदेखि मुटुरोगबाट ग्रसित थिए । उनी शिक्षक ,तत्कालिन गाविस सभापति, वडाध्यक्ष, जिविस उपसभापति हुँदै प्रतिनिधि सभा सांसद भएका थिए । थापा २०४९ को स्थानीय तहको निर्वाचनमा तत्कालीन गेझा गाविसका सभापति भए । त्यसपछि उनी २०५४ मा पुनः साविकको वडा नम्बर ४ को अध्यक्षमा निर्वाचितसमेत भए । त्यसपछि भने उनी पाल्पा जिल्ला विकास समितिको उपसभापति बनेका थिए । जिविस उपसभापति बनेका थापा २०५६ सालको आम निर्वाचनमा पाल्पा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सांसद भएका थिए । पछिल्लो समय भने एमालेको लुम्बिनी प्रदेश कमिटी सल्लाहकार सदस्यको भूमिकामा उनी थिए । थापाको निधनप्रति जिल्लाको राजनीतिक, सामाजिक र शैक्षिक क्षेत्रमा क्षति पुगेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update