Shittalpati
आज बुद्ध जयन्ती

पाल्पा, वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । बुद्धजयन्तीका अवसरमा देशभरका विहार, गुम्बा चैत्य तथा बौद्धतीर्थहरुमा शील प्रार्थनाका साथै पूजापाठ गरिंदैछ । नेपालको पश्चिम तराईमा पर्ने कपिलवस्तु राज्यका शाक्यवंशी राजा शुद्धोधन र रानी मायादेवीका पुत्रको रुपमा ईशापूर्व ५६३ को वैशाख पूर्णिमाका दिन लुम्बिनी बगैंचामा उनको जन्म भएको थियो । वैशाख पूर्णिमाकै दिन उनले महाबोधीज्ञान प्राप्त गर्नुका साथै यसै तिथिमा महापरिनिर्वाण प्राप्त गरेकाले बौद्धत्रिसंयोगको यस दिनलाई विश्वभर बुद्धजयन्तीका रुपमा मनाउने गरिन्छ । भगवान बुद्धले प्रतिपादन गरेको ज्ञान आज बौद्धदर्शनका रुपमा विश्वभर फैलिएको छ । भगवान बुद्धले दया, करुणा मैत्रीका साथै ज्ञान, शील र समाधिको माध्यमबाट मध्यमार्गको अनुशीलन गरी सम्यक जीवन बिताई शान्ति र निर्वाण प्राप्तिका लागि उपदेश दिएका छन् । उनका उपदेशलाई नेपाल भारत, चीन, श्रीलंका, म्यान्मार, मंगोलिया, थाइल्याण्ड, भियतनाम कम्बोडिया, लाओस, कोरिया, जापानख लगायत विश्वभर बौद्धदर्शनका रुपमा अवलम्बन गरिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update