Shittalpati
बुटवलमा जुवाको खालबाट ४ महिलासहित ५ जना पक्राउ

बुटवल, बुटवलमा जुवा खेलिरहेका ४ महिलासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, बुटवलले सुख्खानगरको एक घरबाट ५ जुवाडेलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । समूहमा तास खेलिरहेका महिला रूपन्देहीबाट पक्राउ परेको यो पहिलो घटना हो ।

उनीहरूको साथबाट ६० हजार नगदसहित ४ बुक ताससमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update