Shittalpati
पाल्पामा सडक कार्यालयका नासु मृत फेला

पाल्पा,सडक पूर्वाधार विकास कार्यालय पाल्पाका नायव सुब्बा रामबहादुर भुजेल मृत अवस्थामा फेला परेका छन् । पर्वतको फलेवास नगरपालिका–४ मुडीकुवा स्थायी घर भएका ४५ वर्षीय भुजेल शुक्रबार साँझ आफ्नै कोठामा मृत फेला परेका हुन् ।

विगत २ वर्ष अघिदेखि सडक कार्यालय पाल्पामा नायव सुब्बामा कार्यरत भुजेल तानसेन नगरपालिका ७ बारुदखानमा डेरामा बस्दै आएका थिए । उनी तन्नाको पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंया जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update