Shittalpati
आइतबार देशभरका अदालत बन्द रहने

पाल्पा, आइतबार देशभरका अदालत बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका अदालतहरु बन्द हुने भएका हुन् ।

सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो । सर्वोच्च अदालतले पूर्ण बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधीकरण गरी देशभरका अदालतमा आइतबार शोक बिदा दिने निर्णय गरेको उल्लेख छ । पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा बुधबार निधन भएको थियो । काठमाडौंको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मेका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए । सर्वोच्च अदालतले उनको निधनबाट सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको प्रति दुख व्यक्त गरेको छ ।

 

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update