Shittalpati
पाल्पामा ज्यान सम्बन्धी कसुरका प्रतिवादी पक्राउ

पाल्पा, जिल्लामा ज्यान सम्बन्धी कसुरका प्रतिवादीहरु पक्राउ परेका छन् । तानसेन नगरपालिका -६ कुनसरे स्कूलडाँडाकी ६५ वर्षीय सरस्वती देवी घर्ती मगरको ज्यान लिएको आरोपमा ३ जना प्रतिवादीहरु पक्राउ परेका हुन् ।

ज्यान सम्बन्धीको मुद्दामा अनुसन्धान गर्ने क्रममा प्रहरीले तानसेन नगरपालिका -६ का ४२ वर्षीय कमल बहादुर घर्ती थापा, सोही ठाउँका २७ वर्षीय सुनिल परियार र २० वर्षीय हरीबहादुर सुनारलाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले पुस २३ गते आफ्नै विस्तारमा सुतिरहेकी घर्तीलाई धारिलो हतियार प्रयोग गरी मारेर पालैपालो बोकी नजिकै रहेको खोल्सामा लगी फालेको भनि निज मृतकको कान्छो छोरा गणेशबहादुर थापाले दिएको किटानी जाहेरीको आधारमा माघ ५ गते पक्राउ गरेको हो । घर्ती रगताम्य अवस्थामा मृत भेटिएकी थिइन् । पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचाभैयाले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update