Shittalpati
त्रिवि र लोकसेवाका सबै परीक्षा स्थगित

पाल्पा, कोरोना महामारीको संक्रमण तिव्र रुपमा फैलिदै गएपछि त्रिभुवन विश्व विद्यालय(त्रिवि) र लोकसेवा आयोगका सबै परीक्षाहरु स्थगित भएका छन् । त्रिवि र लोकसेवा आयोगले सूचना निकालेर सबै परीक्षा स्थगित गरेको जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै माघ ९ गतेदेखि तोकिएका सबै परीक्षाहरु स्थगित गरेको जनाएको छ ।

‘त्रिभुवन विश्वविद्यालयअन्तर्गत हालः सञ्चालन भइरहेका अधिकांश परीक्षाहरु सम्पन्न भइसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र सञ्चालनको पूर्व तयारी अवस्थामा रहेको र विश्वव्यापीरुपमा फैलिएको ओमिक्रोन भेरियन्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवं प्रध्यापकसमेत संक्रमित भएका कारण त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बिहीबार बसेको बैठकबाट हालः त्रिविद्वारा सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु मिति २०७८ माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ,’ त्रिविद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै लोकसेवा आयोगले सबै परीक्षा स्थगित गरेको छ । आयोगले माघ मसान्तसम्म निर्धारित सबै परीक्षा स्थगित गरेको जनाएको छ । कर्मचारी र विद्यार्थीमा कोरोना देखिन थालेपछि आयोगले परीक्षा स्थगित गरेको हो ।

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update