Shittalpati
हराएकी महिला खोजिदिन परिवारको आग्रह

पुरन रास्कोटी मगर
बाग्लुङ, बाग्लुङ जिल्ला बरेङ्ग गाउँपालिका –३ साग्दीकी एक महिला हराएकोले खोजिदिन परिवारले आग्रह गरेको छ । ५२ वर्षीया लोकमाया श्रीस बुधबार घरबाट घाँस काट्न हिडेको र अहिलेसम्म परिवारको सम्पर्कमा नआएकाले खोजिदिन परिवारले सबैमा आग्रह गरेको हो ।

हल्का गहुँ गोरो रंग भएकी महिला बुधबार बिहान ६ बजे तिर हसियाँ नाम्लो लिएर घाँस काट्न हिडेको र अहिलेसम्म पनि सम्पर्कमा नआएको उनका श्रीमान बल बहादुर श्रीसले बताए । अहिलेसम्म परिवारको सम्पर्कमा नआएकाले खोजिदिन उनले सबैलाई आग्रह समेत गरे । हराएकी महिलाले मानसिक रोगको औषधि सेवन गर्ने गरेको बताइएको छ । देख्नुहुने जोकोहीले ९७४२९०७६०५ र ९८०५१०१७३८ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update