Shittalpati
वृज सिमेन्टद्वारा पाल्पाका निर्माणकर्मी पुरस्कृत

पाल्पा, वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले पाल्पाका निर्माणकर्मीहरुलाई पुरस्कृत गरेको छ । कम्पनीले ‘एक्सपर्ट मेसन क्लब’ योजना अन्र्तगत सबै भन्दा धेरै सिमेन्ट प्रयोग गर्ने निर्माणकर्मीलाई पुरस्कृत गरेको हो ।

बुधबार तानसेनमा भवन तथा बाटो निर्माणकर्मी संघको साधारण सभाको अवसरमा कम्पनीले २७ जना निर्माणकर्मीहरुलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुने निर्माणकर्मीहरुलाई कम्पनीका एरिया सेल्स म्यानेजर विजय न्यौपाने र सेल्स असिस्टेन्ट पशुपति पौडेलले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए । कम्पनीले पुरस्कृत भएका मध्ये बुधबार उपस्थित भएका १० जनालाई तत्काल पुरस्कार दिएको हो । उसले वृज सिमेन्ट बढी प्रयोग गर्ने भवन तथा बाटो निर्माणकर्मी संघका अध्यक्ष सुरेश कर्माचार्य, संघका सचिव हुमराज बस्याललाई एक ÷एक थान टिभी, भरत विक,वीरबहादुर गाहा, लोकबहादुर गाहा, चित्रबहादुर आले, यमबहादुर सूर्यवंशीलाई एक ÷एक थान मोवाईल, निलकण्ठ देवकोटालाई शेबुम क्लिनियर र टोप बहादुर विश्कर्मालाई सेफ्टी कीट पुरस्कार दिएको हो । कम्पनीले आफ्नो व्यवसायलाई थप विस्तार गर्ने उद्देश्यले २०७६ असोज १ गतेदेखि यो योजना सञ्चालनमा ल्याएको थियो । उक्त योजनाको समयवधि २०७८ साउन ३१ सम्म रहेकोमा कम्पनीले यसलाई पुन भदौ १ गतेदेखि निरन्तरता दिएको जनाएको छ ।

योजनाअन्तर्गत वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिका कुनै पनि उत्पादन खरिद गरी योजनामा सहभागी हुन सकिने कम्पनीका एरिया सेल्स म्यानेजर विजय न्यौपानेले बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update