Shittalpati
विद्यार्थीलाई स्काउ पोसाक वितरण

गुल्मी, जिल्लाको एक विद्यालयमा विद्यार्थीहरुलाई स्काउट पोसाक वितरण गरिएको छ । विद्यालयमा स्काउटिङ शिक्षा पुर्‍याउने उद्देश्यले तम्घासमा रहेको महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्काउट पोसाक वितरण गरिएको हो ।

नेपाल स्काउट लुम्बिनी प्रदेशको आयोजनामा विद्यार्थीलाई स्काउट पोसाक दिइएको छ । विद्यालयमा अध्ययनरत ३२ जना विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले स्काउट पोसाक वितरण गरेका हुन् । पोसाक वितरण गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले स्काउट शिक्षाले बालबालिका र युवालाई कर्तव्य बोध गराउने बताए । उनले स्काउट शिक्षालाई अभियानकै रुपमै लैजानु पर्नेमा जोड दिए । नेपाल स्काउट लुम्बिनी प्रदेशका संयोजक दिनार्थ भट्टराईले कलिला बालबालिकाहरुलाई समाजमा स्थापित अनुशासित व्यक्ति निर्माणमा अवसर दिनुपर्छ भनेर नेपाल स्काउटले कार्यक्रम अगाडि सारेको बताए ।

नेपाल स्काउट लुम्बिनी प्रदेशको तदर्थ कमिटी निर्माण भएपछि स्थानीय तहसँग समन्वय गरेर बालबालिकालाई स्काउटिङ्ग शिक्षाप्रति कसरी आकर्षण गर्न सकिन्छ भनेर योजना बनाएर अगाडि बढेको उनले बताए । पोसाक वितरण कार्यक्रममा रेसुङ्गा नगरपालिका उपप्रमुख सिता भण्डारी, विद्यालय व्यवस्थापन समितिकधा सदस्य घनश्यम पाण्डे, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनी लगायतले स्काउट शिक्षाले बालबालिकालाई सानै उमेरदेखी सामाजिक सेवाभाव प्रति आकर्षित गराउन भुमिका खेल्ने बताए ।

जिल्लामा १२ वटै स्थानीय तहमा स्काउटको संठन विस्तार भएको छ । नेपाल स्काउट लुम्बिनी प्रमुख तारा पुरी, प्रदेश सदस्य भरत अर्याल, कपुर घिमिरे विद्यालयका स्काउट शिक्षक, लगायतको उपस्थित रहेको थियो । नेपाल स्काउट रेसुङ्गा नगरकमिटीका संयोजक सुरेस भण्डारीले कार्यक्रमको सहजिकरण गरेका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update