Shittalpati
आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न सरकारसँग माग

गुल्मी, मानव अधिकार तथा शान्ति समाज गुल्मीले आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न सरकारसँग माग गरेको छ । विश्व शान्ति दिवसको अवसरमा मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडी प्रर्दशन सहित आणविक अस्त्र रहित विश्वका लागि आणविक निषेध सन्धि शीघ्र अनुमोदन गर्न सरकारसंग माग गरेको हो ।

नेपालमा २०६५ साल देखि शान्ति दिवस मनाइँदै आइएको छ । संयुक्त राष्ट्र संघले २०१७ साल देखि आणविक निःशस्त्रीकरण कार्यक्रमको घोषणा गरि विश्वका सबै राष्ट्रहरुका लागि खुल्ला गरेको हो । नेपालले २०१७ सेप्टेम्बर २० मा यो आणविक अस्त्र निषेध सन्धिमा हस्ताक्षर गरिसकेको छ । हालसम्म विश्वमा ८६ राष्ट्रहरुले यो सन्धिमा हस्ताक्षर गरिसेकेका छन् । अनुमोदन गर्ने राष्ट्रहरुको संख्या भने ५५ मात्र रहेको छ । नेपालले यो सन्धि हालसम्म अनुमोदन गरेको छैन् । मानव अधिकार तथा शान्ति समाजका सभापति ढुण्डीराज पोखरेलले सरकारलाई आणविक अस्त्र निषेध सन्धि अविलम्ब अनुमोदन गर्न आग्रह गरे ।

‘शान्ति देश विकासको आधार हो । शान्तिले मात्रै सभ्य समाज, विकसित समाज, विकसित राष्ट्रको आधार सिर्जना गर्न सक्छ ।’ पोखरेलले भने,‘कोभिड–१९ बाट हामी आक्रान्त छौं । तर पनि कोभिडको उपचार हुन सक्छ । तर आणविक अस्त्रहरुको प्रयोग भयो भने कसैको पनि जीवन सुरक्षित हुन सक्दैन्।’ आणविक अस्त्र विश्वका लागि घातक भएको पोरखेलले बताए । सोही कुरालाई महसुस गरेर नै संयुक्त राष्ट्र संघले आणविक अस्त्र सन्धि जारी गरेको पोखरेललको भनाई छ । उनले सरकार शान्ति प्रक्रियाबाट बिचलित भइरहेको बताए । प्रर्दशन कार्यक्रममा सभापति ढुण्डीराज पोखरेल, उपसभापति डोरविक्रम श्रीस, सचिव गणेश बहादुर अधिकारी, सह–सचिव बालसिहं खत्री, नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष रेशम कुँवर तथा मानव अधिकारकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update