Shittalpati
स्टेम शिक्षा र इकोस्टिमका विषयमा छलफल

पाल्पा, स्टेम शिक्षा र इकोस्टिमका विषयमा छलफल भएको छ । सामाजिक विकास डिभिजन कार्यालयले स्टेम शिक्षाको वर्तमान अवस्था र भविष्य एंव स्टेम इकोस्टिमको दीर्घकालीन योजनाका विषयमा आधारित छलफल कार्यक्रम गरेको हो ।

पाल्पा र गुल्मीका मावि तहका प्र.अ र स्थानीय तहका शिक्षा प्रमुखहरुको उपस्थितिमा भर्चुअल प्रविधिमार्फत छलफल कार्यक्रम भएको सामाजिक विकास डिभिजन कार्यालयले जनाएको छ । छलफल कार्यक्रममा शिक्षा विकास तथा खेलकुद मन्त्रालयका सचिव महादेव पन्थले शिक्षा र इकोस्टिमलाई थप गुणस्तर र विस्तार गर्न दीर्घकालिन सोचका साथ कार्यक्रमलाई अगाडि बढाईने बताए । कार्यक्रममा शिक्षा, विज्ञान युवा तथ खेलकुद मन्त्रालयका उपसचिव ठानेश्वर ज्ञवाली, शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निर्देशक टिकाराम अर्याल, स्टेम फाउण्डेशन नेपालका संस्थापक अध्यक्ष सर्जन विसीले शिक्षा र अर्थव्यस्थाका विषयमा प्रभावकारी कार्यक्रमहरु गदैै जाने धारणा व्यक्त गरे । छलफलमा शिक्षकहरुको तर्फबाट दमकडा मावि तानसेनका प्र.अ. मोहन प्रसाद सापकोटा, महेन्द्र मावि तम्घासका प्र.अ. युवराज ज्ञवालीले छलफल कार्यक्रम आफैमा स्वागतयोग्य रहेको बताए । छलफल कार्यक्रम सामाजिक विकास डिभिजन कार्यलय पाल्पाका प्रमुख लक्ष्मण ज्ञवालीको अध्यक्षता, कार्यालयका स्टेम संयोजक रविन्द्र अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update