Shittalpati
पाल्पामा फरार तीन जना अभियुक्त पक्राउ

पाल्पा, जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका तीन जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले केही सार्वजनिक अपराध मुद्दामा जरिवानाको आदेश भएपछि फरार रहेका तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले विभिन्न मितिमा अदालतले फैसला गरी दोषी ठहर भई फरार रहेका रामपुर, रम्भा र निस्दीका तीन जना अभियुक्तलाई पक्राउ गरी आइतबार जिल्ला अदालतमा बुझाएको छ । बैकिङ्ग कसुर सम्बन्धी मुद्दामा दोषी ठहर भई फरार भएका रामपुर नगरपालिका–३, का ५० वर्षीय खगनाथ न्यौपानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए । अदालतले उनलाई ७ लाख ३० हजार नगद गरिवाना तोकेको थियो ।

त्यस्तै सूचना अधिकारी त्वातीका अनुसार प्रहरीले बहुविवाह मुद्दामा दोषी ठहर भई फरार भएका रम्भा गाउँपालिका–१, का ४९ वर्षीय कृष्णप्रसाद पाठक र जवरर्जस्तीकरणी मुद्दामा दोषी ठहर भएका निस्दी गाउँपालिका–१, का ६० वर्षीय वीरबहादुर पुलामीलाई पक्राउ गरेको छ । बहुविवाह मुद्दामा दोषी ठहर भई फरार भएका पाठकलाई अदालतले १ वर्ष तीन महिना कैद सजाय तोकेको थियो भने जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भएका पुलामीलाई ६ वर्ष कैद सजाय फैसला गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update