Shittalpati
गुल्मीमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न नेविसंघको ध्यानाकर्षण

गुल्मी, नेपाली विद्यार्थी संघ गुल्मीले सवारी दुर्घटना कम गर्न पुराना गाडीको विस्थापन र चालकलाई अभिमुखिकरण तालिम उपलब्ध गराउन अनुरोध गरेको छ । गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्र देवी शर्मालाई ध्यानाकर्षण पत्र बुझाउँदै नेविसंघले अनुरोध गरेको हो ।

जिल्ला भित्र भइरहेका सवारी दुर्घटना तथा कोभिड खोपमा समेत भइरहेको अनियमिततामा संगठनको ध्यानाकर्षण भएको उल्लेख गर्दै नेविसंघले बुधबार भएको सवारी दुर्घटनामा ३ जनाले अकालमा ज्यान गुमाउनु परेकोमा दुःख व्यक्त गरेको छ ।

संगठनका कार्यवाहक जिल्ला सभापति राम्जी पन्थीद्वारा हस्ताक्षरित पत्रमा केही दिनअघि मात्र रेसुङ्गा नगरपालिकाको अर्खलेमा चालकको लापरवाहीका कारण २८ वर्षीय सुजन पाण्ठेले अल्पायुमै ज्यान गुमाउनु परेको, २०७८ वैशाख १ गते जिल्ला प्रशासन कर्मचारीहरू प्यूठानको स्वर्गद्धारी जाने क्रममा सवारी दुर्घटनामा ४ जनाले ज्यान गुमाएको सन्दर्भ समेतलाई जोड्दै पछिल्लो एक वर्षमा ३७ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको बारे गम्भीर हुन प्रशासनलाई अनुरोध गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update