Shittalpati
कोरोना खोप माग्दै पाल्पाका शिक्षकहरु धर्नामा

कृष्ण पोखरेल

पाल्पा, पाल्पाका शिक्षकहरु कोरोना भाईरस विरुद्धको खोप माग्दै आन्दोलनमा उत्रिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला कोभिड व्यबस्थापन समितीबाट कोरोना खोप वितरण विभेद भएको भन्दै शिक्षकहरु सबै काम छोडेर धर्नामा उत्रिएका छन् । खोप नपाएपछी शिक्षकहरुले नियमित रुपमा पठन पाठन गर्दै आएको बैकल्पिक पठन पाठन समेत बन्द गरेका छन् । शिक्षकहरुले आ–आफ्नो गाउँपालिकासंगै सदरमुकाम तानसेनमा जिल्ला शिक्षा समन्वय समितिमा धर्नामा बसेका छन् । केन्द्र सरकारले शिक्षकहरु लाई कोरोना खोपको प्राथमिकतामा राखेपनि जिल्लास्तरबाट तेस्रो प्राथमिकतामा राखेपछी शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।

शिक्षकहरुले कोरोना खोप नपाउदासम्म कक्षा ११ र १२ को बार्षिक परीक्षामा सहभागी नहुने बताएका छन् । परीक्षा बोर्डले हाम्रा विद्यालयका भौतिक सामग्रीहरु प्रयोग गरोस् आफै कर्मचारी खटायोस्, हामी काममा अवरोध गर्दैनौ तर विधालयका शिक्षक कर्मचारीहरु भने परिक्षाको कुनै पनि काममा सहभागी नहुने निर्यण गरी सबै शिक्षक संघ संघठन बाट संयुक्त रुपमा आन्दोलनमा उत्रिएको नेपाल शिक्षक संघठनका जिल्ला अध्यक्ष राम प्रसाद ढकालले बताए ।

सरकारी सेवामा कार्यरत निजामती, संस्थान, स्थानीयतह, सबै किसिमका वित्तिय संस्थाहरुका कर्मचारीहले पहिलो चरणमै कोरोना खोप पाएँ तर हामी शिक्षकहरु जोखिम मोलेरै पठन पाठनमा सहभागी भयौ तर पनि आज सम्म राज्यबाट हामी माथी विभेद गरियो , यो विभेद कहिले सम्म ? भनी आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघ पाल्पाका अध्यक्ष धनकला गाहाले बताईन ।

पाल्पामा सामुदायिक, निजी विधालयका शिक्षक, कर्मचारी गरी ५ हजार ७ स ६१ जना कार्यरत रहेका छन जसमा १ हजार जनाले विभिन्न उमेर समुहबाट कोरोना खोप लगाएपनि ४ हजार ५ सय शिक्षक तथा कर्मचारी बाकी रहेको अध्यक्ष ढकालले बताए । पाल्पामा कोरोना सक्रमण बाट १० जना शिक्षकले ज्यान गुमाएका छन । कोरोना खोप नपाए सम्म आन्दोलन धर्ना जस्ता कार्यक्रम जारी रहने शिक्षकहरुले बताएका छन । पाल्पामा कोरोना विरुद्धको खोपको मात्रा कमि आएकोले हाल उमेर समुहलाई मात्र प्राथमिकता दिई ५० बर्ष भन्दा माथीका व्यक्तिहरु लाई कोरोना विरुद्धको खोप वितरण गरेको अव आउने खोपमा शिक्षकहरु लाई पहिलो प्राथमिकतामा राखिने जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख नारायण चौधरीले बताए ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update