Shittalpati
गुल्मीमा असार ७ गतेसम्म निषेधाज्ञा थपियो

गुल्मी, गुल्मीमा निषेधाज्ञाको समय अवधि थप गरिएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले आगामी असार ७ गते सम्मका लागि निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए ।


निषेधाज्ञाको समय अबधिभर बिहान ७ बजेदेखी ११ बजेसम्म खाद्यन्न पसल, फलफुल, तरकारी, माछामासु, पशुपन्छीका दाना, निर्माण सामग्री, पेट्रोलियम पदार्थ, दुध पानी, ग्यास, स्टेशनरी तथा पुस्तक पसलहरु ११ बजेसम्म सञ्चालन गर्न पाउने छन् । यस्तै बैंक वित्तिय संस्था ,सहकारी, बिमा कम्पनीहरु पनि बिहान ७ बजेदेखी ११ बजेसम्म सञ्चालन हने छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले जारी गरेको निषेधाज्ञालाई कसैले अवज्ञा गरे कोभिड– १९ संकट ब्यबस्थापन सम्बन्धमा ब्यबस्था गर्न बनेको अध्यादेश २०७८ र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ । जिल्लामा अहिले ४ सय १२ जना सक्रिय संक्रमित रहेका छन् भने संक्रमणका कारण ८९ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update