Shittalpati
पाल्पामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो, दैनिक ३ घण्टा बैंकहरु खोल्न पाउने

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पामा जारी निषेधाज्ञा पुनः लब्याइएको छ । कोरोना संक्रमण कायमै रहेकाले निषेधाज्ञा पुनःजेठ ३१ गतेसम्म लब्याइएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को आईतबार विहान बसेको बैंठकले जिल्लामा कोरोना संक्रमणको अवस्था अझै कायमै रहेकाले निषेधाज्ञा थप गरिएको जनाइएको छ ।

२४ गतेसम्म रहेको निषेधाज्ञाको समयलाई थप गरेर जेठ ३१ गते राती १२ बजेसम्मलाई लम्वाइएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले जानकारी दिए । निेषेधाज्ञा थप गरिए पनि केही खुकुलो भने बनाइएको छ । डिसीसीएमसीको बैंठकले यस अघि पूर्ण रुपमा बन्द रहेका वाणिज्य तथा विकास बैँकका शाखाहरूलाई आंशिक रुपमा खोल्न दिने निर्णय गरेको छ । बैंठकको निर्णय अनुसार यि बैंकका शाखाहरु दैनिक ३ घण्टा बिहान ७ बजेदेखि १० सम्म खोल्न पाउने छन् । अन्य वित्तिय संस्थाका सेवाहरु भने पूर्ण रुपमा बन्द गरिने छ ।

यस्तै यस अघि खाद्यान्न, तरकारी पसल दैनिक २ घण्टा खोल्न दिएकोमा अबदेखि १ घण्टा बढाएर दैनिक ३ घण्टा मात्र खोल्न दिइने छ । बैंठकको निर्णय अनुसार अत्यावश्यक दैनिक उपभोग्य खाद्य सामग्री दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु दिनमा एक पटक विहान ७ बजेदेखि १० बजेसम्म सञ्चानलन गर्न दिइने छ ।

यस्तै कोभिड विरुद्धको खोप लगाउनका लागि पालिका सबै वडामा खोप केन्द्र रहने गरी खोपको व्यवस्थापन गर्ने निर्णय समेत भएको छ । औषधी तथा अत्यावश्यक सेवाहरु भने २४ घण्टा खुल्ने जनाइएको छ । निषेधाज्ञा अवधिभर अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने छ । जसमा एम्वुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुका दाना, दूध, फलफूल, तरकारी, माछा, मासू, पानी,ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधनहरु, औद्योगिक कच्च पदार्थ बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी जान आउन प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ्य सामग्री बोकेका सवारीहरु, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु, प्रेस पास तथा परिचय पत्र वाहक सञ्चारकर्मीहरुले प्रयोग गरेका सवारी साधनहरु बाहेक पाल्पा जिल्लाभर सञ्चालन हुने यात्रुवाहक, सार्वजनिक तथा निजी सवारी साधनहरुको सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश उल्लंघन गरेमा कैद र जरिवानासमेत गर्ने निर्णय भएको छ ।

हेर्नुहोस् यस्तो छ निर्णय

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update