Shittalpati
गरिबीको पराकाष्ठा :पैसा अभावमा अस्पतालबाट लास नउठेपछि ...

कृष्ण पोखरेल
पाल्पा, तानसेन नगरपालिकां ९ मदनपोखराका डाँडाडुमका बुद्धिबहादुर विक एक सामन्य परिवारका व्यक्ति हुन् । उनको सम्पत्तिको नाममा जनता आवास कार्यक्रमबाट बन्दै गरेको एउटा घर छ । आम्दानीको स्रोत दैनिक ज्यालादारी हो । निषेधाज्ञाको समयमा काम नपाउदा गाउँघरमै मागेर एक महिना देखि छाक टार्दै आएका विक विरामीले थला पर्न पुगे । स्वास्थ्यमा जटिल समस्या देखिएपछि परिवारले वडा अध्यक्ष हरिसुमन रेग्मीको सहयोगमा जेठ १४ गते उपचारको लागि लुम्विनी मेडिकल कलेजमा भर्ना गरे । उनको पिसीआर परीक्षण गरियो । परीक्षणपछि उनको रिपोर्ट पोजेटिभ आयो । ऋणधन तथा ज्यालादारीबाट बचेको केही रकम जुटाएर परिवारले २० हजार धरौटी राखी अस्पतालमा भर्ना गरेका थिए । उनको अस्पाताल भर्ना भएको ५ दिनपछि अर्थात् जेठ १९ गते अस्पतालमै मृत्यु भयो । जहाँ होचो उही घोँचो भने झै परिवारको सहारा बनेका विकलाई अन्ततः दैवले लग्यो ।

बुवाको उपचारमा बसेका छोरीहरु पैसाको अभावमा कयांै दिन अस्पतालमा भोकै बसे तर बुबालाई बचाउन सकेनन् । एकातिर बुवा र श्रीमान गुमाउनु परेको पिडा, अर्काेतिर उपचारमा लागेको १ लाख ७० हजारको खर्चले श्रीमती तथा ५ जना छोरीहरुमा काटेमाथिको नुन चुक भयो । उनीहरुको पैसाको नाममा १ कौडी पनि थिएन । पैसा नभएकै कारण अस्पतालले बुद्धि बहादुरको मृत शरिर पनि उठाउन दिएन । श्रीमती र छोरीहरुसहयोगका लागि हारगुहार गरे । तर २४ घण्टा वित्दा समेत कही कतैबाट सहयोग भएनन् । यो कुरा सञ्चारमाध्यम, सामाजिक संञ्जालहरुमा खैला बैला भयो । वडा तहबाट वडा अध्यक्ष हरिसुमन रेग्मीले धेरै कोसिस गरे तर सफल भएनन् । कतैबाट पनि सहयोग नजुटेपछी तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाही, उप प्रमुख लक्ष्मीदेवी पाठकसम्म कुरो पुग्यो । प्रमुख, उप प्रमुख र वडा अध्यक्षको सरसल्लाहमा व्यक्तिगत रुपमा रकम उठाएर बुद्धिबहादुरको उपचारमा लागेको खर्च व्यहोर्ने निर्यण गरी शव व्यवस्थापनको लागि लुम्विनी मेडिकल कलेजलाई अनुरोध गरियो । नगर प्रमुख शाहीले बुद्धि बहादुरको बाँकी उपचार खर्च १ लाख ५० हजार रुपैयाँ व्यक्तिगत रुपमै जिम्मेवारी लिने गरी कलेजलाई पत्राचार गरे । व्यक्तिगत रुपमै नगर प्रमुखले पैसा तिर्ने भएपछी मात्रै कलेज प्रशासनले बन्दि बनाइएको बुद्धि बहादुरको शव बाहिर निकाल्ने अनुमती दियो ।

नगरपालिका आफैले आईसोलेसन सञ्चालन गरेका छौ बुद्धिबहादुरको रकम नगरपालिकाको खाताबाट दिन मिल्दैनन, आफुहरुको तलबभक्ता एवं अन्य रकम जुटाएर कलेजलाई १ लाख ५० हजार रुपैया रकम भुक्तानी गरिने नगर प्रमुख शाहीले बताए । बुद्धिबहादुरको शवलाई मेडिकल कलेज देखी राम्दी घाटसम्म लगी जलाउने काम गोरखदल गण नेपाली सेनाले ग¥यो ।

परिवारलाई राहत

एकातिर श्रीमानको मृत्युको पिडा अर्काे तिर भोकको पिडा, मर्ने मरेर गएपनि बाच्नेले बाच्न त खानै पर्‍ यो, घरमा अन्नको दाना थिएन । फेरी पनि नगर प्रमुख, उप प्रमुख समक्ष कुरा पुग्यो । नगर प्रमुख शाही , उप प्रमुख पाठक सहितको टोली जेठ २० गते राती ८ बजे नै राहत खाद्यान्य बोकेर मृतक बुद्धिबहादुरको घरमा पुग्यो । तत्कालका लागि उनीहरुले २५ किलोको दुई कट्टा चामल, ५ किलो दाल, ५ लिटर, तेल, ५ किलो आटा, २ पोका नुन, माक्स, सेनेटाईजर लगाएका खाद्यान्य तथा अन्य सरसमान हस्तान्तरण गरे ।

मृतक बुद्धि बहादुरको घरमा घरमा पुगी नगद र खाद्यान्य सहयोग गर्दै नगर प्रमुख अशोक कुमार शाही तथा उप प्रमुख लक्ष्मीदेवी पाठकको टोली ।

 

पाल्पाको रेडियो कुटम्वले पनि बुद्धिबहादुरको परिवारलाई नगद १० हजार रुपैयाँ सहयोग गरेको छ । रेडियोको सामाजिक उत्तरदायित्व अन्र्तगत बुद्धिबहादुरको परिवारलाई छाक टार्नको लागि १० हजार रुपैयाँ सहयोग गरेको रेडियोका स्टेशन म्यानेजर नारायण न्यौपानेले बताए । रेडियो कुटुम्वले उपलब्ध गराएको नगद १० हजार रुपैयाँ नगर प्रमुख शाहीले घरमै पुगी परिवारजनमा हस्तान्तरण गरेका छन् । नगर प्रमुख शाहीले सोही स्थानकी बाटुली बिकलाई पनि २५ किलो चामल वितरण गरेका छन् । बुद्धिबहादुर जस्ता नगरवासीहरु पैसाको अभावमा भोकै बस्न नदिने नगर प्रमुख शाहीले प्रतिवद्धता जनाएका छन् ।

 

 

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update