Shittalpati
परियोजनामा आधारित सिकाइ गराउँदै माउण्ट भ्याली

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकामा रहेको माउण्ट भ्याली इ·लिश स्कूलले विद्यालयलयलाई समय सापेक्ष परिस्कृत बनाउँदै लगेको छ । ब्रिटिश काउन्सीलको सहकार्यमा स्कूलले परियोजनामा आधारित सिकाइ गराउँदै आएको पाइन्छ ।
विगत सन् २०१४ देखि ब्रिटिश काउन्सीलको सहकार्यमा विद्यालयको शिक्षण सिकाइ क्रियाकलाप विद्यार्थी केन्द्रीत बनाउन लागेको विद्यालयका प्रिन्सीपल प्रेमराज खरालले बताए । विद्यालयले पाठलाई कक्षामा पढाउने, घोकाउने भन्दा पनि क्रियाकलापमुखी बनाउँदै विभिन्न परियोजना कार्य गराएर विद्यार्थीहरुलाई अग्रसर बनाउँदै सिक्ने वातावरण तयार गर्ने गरेको छ । नेपाल सरकार र ब्रिटिश काउन्सीलबाट आइएसए अवार्ड समेत प्राप्त गरेको विद्यालयले आईएसए २०१९–२० का लागि सम्पूर्ण परियोजनाहरु सम्पन्न गरिसकेको विद्यालयका अन्तर्राष्ट्रिय संयोजक ध्रुव थापाले बताए । विद्यालयले यूकेको न्यमभिथ Godley Community Primary School, Manchester सँग दिगोविकासका लक्ष्यहरुमा आधारित भएर परियोजना गरिरहेको छ । यस विद्यालयका प्रिन्सीपल सुजान क्लाउली वेल्टन र लुसी होवार्डले माउन्ट भ्यालीको प्रत्यक्ष भ्रमण गरेका थिए । त्यस्तै कक्षा ९ र १० का विद्यार्थीहरुले पाकिस्तानको गभर्नमेन्ट गल्र्स हाइस्कूल, सराकपुर र इजिप्टको दखलियामा रहेको तेमाइ अल अमदिद प्रिपरेटोरी स्कूल फर गल्र्ससंग मिलेर फोहरलाई कसरी कम गर्ने र भएका फोहरलाई कसरी उपयोग गर्ने भन्ने बारेमा सहकार्य गर्दै सिक्ने सिकाउने गरेका थिए । महिला र पुरुष बिचमा हुने तथा जातिय, लै·िक, तथा धार्मिक रुपले हुने विभेदका बारेमा कारण पत्ता लगाउने र समाधानका उपाय संयुक्त रुपमा बंगलादेशका डुमरिया एनजिसी एण्ड एनसिके सेकेण्डरी स्कूलका कक्षा ६ र ७ का विद्यार्थीहरुले गरेका छन् । यस्तै कक्षा १, २ र ३ का विद्यार्थीहरुले पाकिस्तानको पंजाब प्रान्तमा रहेको कोट भन्ने ठाउँको गभर्नमेन्ट गल्र्स इलेमेन्टरी स्कूलका आफ्नै उमेर समूहका विद्यार्थी बिचमा कस्ता खानाले स्वास्थ्यमा राम्रो गर्छ र कस्ता खानाले हाम्रो स्वास्थ्य विगार्छ भन्ने अध्ययन गरेका थिए । अर्को परियोजनामा कक्षा ८का विद्यार्थीहरुले श्रीलंकाको मालाटामा रहेको सुजाथा बालिका विद्यालयका विद्यार्थीहरु विच आफ्ना साँस्कृतिक कार्यहरुको आदान प्रदान गरेका थिए ।
त्यसैमा माउण्ट भ्यालीका विद्यार्थीहरुले श्रीलंकाको राष्ट्रिय गान गाएर पठाएका थिए जुन श्रीलंकाको स्वतन्त्रता दिवसमा त्यहाँको राष्ट्रिय टेलिभिजनले समेत प्रसारण गरेको थियो भने श्रीलंकाका विद्यार्थीले नेपालको राष्ट्रिय गान गाउन सिकेका थिए । खानामा माउण्ट भ्यालीका विद्यार्थीहरुले श्रीलंकाको खाना उपमा पकाउन सिकेर विद्यालयमै पकाएका थिए भने नेपाली खाना चुकाउनी पकाउन सिकाएका थिए । उनीहरुले सिंहाली र नेपाली शब्दहरु पनि सिकाइ आदान प्रदान गरेको जनाइएको छ । अर्को परियोजनामा नेपाली जडिबुटी अन्तर्गत नेपालकै सामुदायिक विद्यालय दिव्य ज्योति मा.वि.का कक्षा ६,७ र ८ का विद्यार्थीहरुसंग मिलेर जडिबुटीको प्रयोग, संरक्षण, यस्को उपयोगिताका बारेमा अध्ययन गरेका थिए । उनीहरुले चिदीपानी आर्युवेद केन्द्रको पनि भ्रमण गरेर त्यहाँ जडिबुटीबाट औषधी बनाउने प्रक्रिया समेत सिकेका थिए ।
परीक्षा समेत लिएर उनीहरुको ज्ञान, सिप र अभिवृत्ति मापन गरिएको विद्यालयका संयोजक गुन बहादुर रानाले बताए । विद्यार्थीले वास्तवमै व्यवहारीक पढाइ भयो भने दैनिक प्रयोगमा आउने कार्य सजिलै गर्न र सिक्न सक्ने रहेछ भन्ने कुरा परियोजना कार्य गर्दा देखिएको ३ का वडा अध्यक्ष दिपक थापाले बताए । विद्यालयका सबैजसो गतिविधिहरु परियोजनमा आधारित, दिगो विकास लक्ष्य केन्द्रीत र सतही सिकाइ नभएर गहिरो सिकाइ हुने गरी विद्यार्थीको सिप र दक्षता अभिवृद्धि गर्ने किसिमको हुने विद्यालयका प्रबन्ध निर्देशक अशेष भट्टराईले बताए । यस किसिमको शैक्षिक प्रणाली अवलम्वन गर्दा एक्काइसौ शताब्दीका सिपहरु विद्यार्थीमा विकास गर्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए । गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले माउण्ट भ्यालीको असल अभ्यास पालिका भरीका विद्यालयका लागि अनुकरणीय भएकाले सबैले अबको शिक्षा क्रियाकलाप र परियोजनामा आधारित बनाउनु पर्ने बताए । विद्यालयले पुनः नेपाल सरकार र ब्रिटिश काउन्सीलको आइएसए अर्वार्डका लागि आफ्नो प्रतिवेदन बुझाउँदै छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update