Shittalpati
जनउत्थानले खुवायो अपाङ्गता भएकालाई खाना

पाल्पा, जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड तानसेनले अपाङ्गता भएका व्यक्तिलाई एक छाक खाना खुवाएको छ । जनउत्थानले आफ्नो ११ औं वार्षिकोत्वसका अवसरमा तानसेन नगरपालिका– ७ काजीपौवास्थित सिर्जनशील अपाङ्ग स्वालम्बन केन्द्रमा रहेका ५४ जना अपाङ्गता भएका व्यक्तिलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी खाना खुवाएको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत खानासँगै फर्निचर सहयोग गरिएको शाखा प्रबन्धक मदन घिमिरेले बताए । उनले भने ‘हामीले हरेक वर्ष स्थापना दिवसका अवसरमा रक्तदान, वृक्षारोपण, गरिब तथा विपन्न सदस्यका परिवारलाई शैक्षिक सामग्री, सीपमूलक तालिम तथा आर्थिकोपार्जनका क्षेत्रमा सहयोग गर्दै आएका छौं ।’

कार्यक्रममा वित्तीय संस्थाले अपाङ्गता भएकालाई खाना खुवाउने र कर्मचारीले उनीहरूसँगै बसेर खाना खाँदा अपा·ता भएकाहरुको मनोबल बढेको वडाध्यक्ष मुक्तिराम जिसीले बताए । स्थानीय सरकारले विभिन्न व्यक्तिसँग समन्वय गरेर यस केन्द्रमा रहेका अपा·ता भएका व्यक्तिलाई दैनिक दुई छाक खानाको व्यवस्था मिलाउने अभियान थालेको अध्यक्ष जिसीले जानकारी दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश परिषद् सदस्य मिलन विश्वकर्मा, नमुना टोल विकास संस्थाका सचिव निलकण्ठ देवकोटा, स्थानीय मिना थापा लगायतले अपाङ्गता भएका व्यक्तिलाई राज्यले विशेष खालका कार्यक्रम ल्याउनु पर्ने बताए । पछिल्लो समयमा यहाँ बस्ने अपा·ता भएका व्यक्तिलाई दुई छाक खाना खुवाउन समेत समस्या भएको बेलामा संघसंस्थाहरुले देखाएको सहयोग र सद्भाव प्रशंसनिय लरहेको केन्द्रका अध्यक्ष सन्दिप भट्टराइले बताए । उनले भने ‘दातृ निकायले सुविधा सम्पन्न भवन निर्माण गरेको छ, बस्न र सुत्नको लागि समस्या छैन् । तर दुई छाक खान समस्या भइरहेको छ ।’ ठूला होटलमा रकम खर्च गरेर मनाउने जन्मोत्सव यहीँ आएर मनाइ एक छाक खाना खुवाए पून्य मिल्ने उनले बताए । अपाङ्ग त्यसैमाथि बेसाहरा बनेका व्यक्तिलाई विभिन्न विद्यालयसँग सहकार्य गरेर केन्द्रले पढाउँदै आएको भट्टराईको भनाई छ । यहाँ अहिले करिब ६० जना अपा·ता भएका व्यक्ति बस्दै आएका छन् । यस केन्द्रमा दुवै आँखा नदेख्ने, बोल्न नसक्ने, हात खुट्टा गुमेका, उठेर हिँड्न समेत नसक्ने अवस्थाका अपाङ्गता भएका व्यक्ति बस्दै आएका छन् । साथै उनीहरूका छोराछोरी समेत बस्दै आएका छन् । शाखा प्रबन्धक मदन घिमिरेको अध्यक्षता, दिलबहादुर रेस्मीको स्वागत र निरूता लोहनीको सञ्चालनमा कार्यक्रम भएको थियो । यसैबीच रिब्दीकोट गाउँपालिका –५ कुसुमखोलास्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत ११ जना अपाङ्गता भएका बालबालिकालाईहरु शैक्षिक र खेलकुद सामग्री समेत वितरण गरेको छ ।

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update