Shittalpati
चोरी भएका २४ मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो

पाल्पा, चोरी भएका मोटरसाईकल भेटाई सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ । काठमाडौंका विभिन्न स्थानबाट हराएका २४ मोटरसाइकल खोजतलास गरी महानगरीय ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको हो । सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले विभिन्न समयमा हराएका मोटरसाइकल खोज अनसन्धान गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको शित्तलपाटी डटकमलाई जानकारी गराएको छ ।महाशाखाले ट्राफिक प्रहरीको विशेष अप्रेशन टोली परिचालन गरी धमाधम पक्राउ गर्न थालेको छ ।

चोरी भइ भेटिएका मोटरसाईकल दिनेश थापा मगर, नबिनगुरुङ, सुरजगिरी, बिशालराई, तिर्थप्रसादभण्डारी, भरतथापा, अजयतुलाधर, शिवरामढकाल, मन्दिपराई, ईश्वरी लामिछाने, सर्वज्ञ खड्का, बिधान राई, शंकर प्रसाद बाह्रकोटी, जिता मित्र सुनार, छिरिङ तामाङ, नारायणप्रसाद राज थला, नुर्बुशेर्पा, ममता थापा, केशरबहादुर थापा, श्याम कुमार बि.क., धालबहादुर कार्की, थानेश्वदर पोखरेल, सुनिता प्याकुरेल र बिक्रम महर्जनलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका हुन् । जथाभावी मोटरसाइकल पार्किङ गर्दा चोरी हुने गरेकाले सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, साईरन लगायतका उपकरण जडान गर्न मोटरसाइक लचालकहरुलाई प्रमुख भट्टराईले सुझाव दिएका छन् । ट्राफिक प्रहरीटोलीले उपत्यकाका सुर्खेत, पैयूटार, फनपार्क, ईमाडोल, थापाथली, तिनकुने, पाटन, ढुङ्गेधारा, पुरानोबानेश्वेर, सामाखुसी, ठमेल, टोखा, सुकेधारा, बसुन्धारा, दधिकोटभक्तपुर, कपन, बसुन्धारा, कोटेश्वार, धुम्बाराही, विशालनगर, सामाखुसी र किर्तिपुर लगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी सोमबार सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update