Shittalpati
घुस लिएको अभियोगमा पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको नाप जाँचसम्बन्धी काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अभियोगमा जिल्ला अदालत रुपन्देहीका दुई कर्मचारीलाई पक्राउ गरेको छ ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार जिल्ला अदालतमा परेको जग्गासम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै नापी निरीक्षक द्वय सुमित चौलागाई र मनोज थापा सेवाग्राहीसँग पाँच हजार रुपैयाँ घुस माग्दा माग्दै आज पक्राउ परेका थिए । आयोगले उनीहरुलाई जिल्लाको कोटहीमाई गाँउपालिका–१ बोगडियाबाट पक्राउ गरेको हो । आरोपी द्वयको अनुसन्धान जारी रहेको आयोगले जनाएको छ । –रासस

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update