Shittalpati
रिब्दीकोटमा सिकार खेल्दा बन्दुकको छर्राले लागि एकको मृत्यु

पाल्पा, पाल्पाको रिब्दीकोट गाउँपालिका ८ दानसिङडाँडामा सिकार खेल्दा बन्दुकको छर्राले लागि एकको मृत्यु भएको छ । बिहीबार रातिको समयमा साथीहरुसँग सिकार खेल्न चिलाउने पानी सामुदायिक वनमा जाँदा भरुवा बन्दुकको छर्राले लागेर रिब्दीकोट गाउँपालिका वडा ८ का १३ वर्षीय बालक लक्ष्मण छहारीको मृत्यु भएको हो ।

उनीसंगै सिकार खेल्न गएका रैनादेवी छहरा गाउँपालिका ४ भर्माटुङका १७ वर्षीय ज्ञानबहादुर गाहा, सोही स्थानका १४ वर्षीय कमल राना र रिब्दीकोट गाउँपालिका ८ दानसिङडाँडाका १३ वर्षीय देवबहादुर गाहा र भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनसुन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update