Shittalpati
गुल्मीमा ४५ वर्षीय पुरुष मृत भेटिए

गुल्मी, जिल्लाको गुल्मीदरवार गाउँपालिका–१ बरेवाखोलामा ४५ वर्षीय एक पुरुष मृत भेटिएका छन् । रेसुङ्गा नगरपालिका–१४ रातामाटाका ४५ वर्षीय तुलबहादुर विक आइतबार मृत भेटिएका हुन् ।

घरबाट घाँस काट्न भनि हिडेका विक अवेरसम्म पनि घर नफर्किए पछि परिवारले खोजतलास गर्दा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । मृतक विकको शरिरमा चोट देखिएको र पोष्टमार्टम पछि मात्रै कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update