Shittalpati
‘बसाईसराई रोक्न प्रदेश सरकारको विशेष योजना छ’

पाल्पा । प्रदेश पाँचका प्रदेश सांसद तुलराम घर्ती मगरले बसाईसराई रोक्न प्रदेश सरकारको विशेष योजना रहेको बताएका छन् ।
पहिलो पाइला नेपाल पाल्पा शाखाले रैनादेवी छहरा २ सोमादीमा आयोजना गरेको न्यानो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद घर्तीले बसाईसराईका कारण ग्रामीण क्षेत्रका विद्यालयहरुमा विद्यार्थी संंख्या कम हुँदै गएकाले त्यसलाई रोक्न प्रदेश सरकारको विशेष योजना रहेको बताएका हुन् ।

उनले गुणस्तरी शिक्षा र सेवा सुविधाको खोजीमा मानिसहरु शहर पस्ने गरेको भन्दै गाउँमै गुणस्तरीय र सेवासुविधानको व्यवस्था गर्ने गरी प्रदेश सरकार अगाडि बढेको जनाए । बसाइसराई कम भएपछि पुनः गाउमा विद्यार्थीहरुको आकर्षण बढन सक्ने भन्दै सांसद घर्तीले यसका लागि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विशेष योजना बनाएर अगाडि बढेको धारणा व्यक्त गरे । देशमा दैनिक रुपमा युवाहरु विदेशी रहेका बेला जिल्लाका केही युवाहरुले समाजिक क्षेत्रमा देखाएको सक्रिताको प्रशंसा गर्दै पहिलो पाईला नेपाललाई धन्यवाद दिए । पहिलो पाईला नेपालले सोमादीमा रहेको गंगा माविका ४६ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

कार्यक्रम विशिष्ट अतिथि वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनाथ पोखरेलले संस्थाले विद्यार्थीहरु प्रति देखाएको सहयोग र सद्भावको प्रशंसा गर्दै धन्यवाद दिए । कार्यक्रममा संस्थाका सल्लाहाकार सचिन विष्ट, वडा सदस्य नारायण पोखरेल, विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त पोखरेल, समाजसेवी विरबहादुर पोखरेल, प्रअ नारायणप्रसाद पोखरेल, ओमप्रसाद पाण्डे, अन्नत पन्थी, लेखबहादुर कुंवर लगायतले आ–आफ्ना धारणा राखेका थिए । संस्थाका अध्यक्ष ईश्वर ज्ञवालीको अध्यक्षता, संस्थाका सदस्य माधव भण्डारीको स्वागत, सचिव दिपक पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, माघ २५, २०७६  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update