दिल्लीद्वारा सन्दीप फुकुवा
शिक्षा र समाज
‘कसजु ग्रामीण पत्रकारिता पुरस्कार’ अर्याललाई

पाल्पा । ‘विनय कसजु ग्रामीण पत्रकारिता पुरस्कार’ पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याललाई दिइने भएको छ । विनयकुमार कसजु स्मृति प्रतिष्ठानले पहिलो पुरस्कारअध्यक्ष अर्याललाई दिने निर्णय गरेको हो । सामुदायिक रेडियो मदनपोखराका स्टेशन म्यानेजर समेत रहेका अर्याले रेडियोमार्फत ग्रामीण क्षेत्रका सूचना तथा समाचारलाई उजागर गर्न, आवाजविहीनको आवाज बुलन्द गर्ने रगाउँलेलाई सञ्चारमाध्यमको पहुँच बढाउन महत्वपूर्ण योगदान पुर्याए वापत पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानका सचिव जीवन भण्डारीले बताए ।
उनका अनुसार प्रतिष्ठानले कसजुको भावनानुसार ग्रामीण पत्रकारिताका क्षेत्रमा विशेष योगदान दिएका पत्रकारलाईप्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्न थालेको हो । विक्रम संवत् २००४मा पाल्पाको तानसेनमा जन्मिएका कसजुका बालसाहित्यसम्बन्धी दर्जनौं पुस्तक प्रकाशित छन् । गाउँले जनजीवनका लागि उपयोगी ‘देउराली’ पत्रिका निकालेर कसजुले नेपालमा ग्रामीणपत्रिकाको शुरुआत गरेका थिए । उनको स्मृतिमा केही महिना अगाडि प्रतिष्ठान स्थापना भएको थियो ।
थप समाचार
खेलकुद
Follow Us
View our latest news on any of these social networks!