Shittalpati
उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ पर्व

पाल्पा । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएपछि सकिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व उदाउँदो सूर्यलाई पूजासहित अर्घ दिएपछि शनिबार सकिएको हो ।

चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । मनोकांक्षा पूरा हुने विश्वासमा विशेष गरी महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँ लागायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो । विगत वर्षमा बेहुलीझैँ सिँगारी मनाइने छठ यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण भौतिक दूरी कायम गरी मनाइएको छ । यी स्थलहरुमा उदाउँदो सूर्यलाई अर्घ दिई छठ सम्पन्न भयो । शुक्रबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिन पनि व्रतालुमात्र छठ घाट गएका थिए ।

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update