Shittalpati
लायन्स क्लव अफ पाल्पा भैरवको गठन, अध्यक्षमा बस्याल

पाल्पा । जिल्लामा क्रियाशिल युवाहरुको सक्रियतामा लायन्स क्लव अफ पाल्पा भैरवको गठन गरिएको छ । लायन्स क्लव अफ बुटवल सेन्ट्रोलको सौजन्यमा क्लवको गठन गरिएको हो ।

नवगठित क्लवको अध्यक्षमा सुनिल बस्याल चयन भएका छन् । जसको उपाध्यक्षमा हरिकृष्ण शर्मा, सचिव अर्जुन कार्की, कोषाध्यक्ष महेश खनाल रहेका छन् । क्लवले पदाधिकारी सहित २१ सदस्यीय समिति गठन गरेको छ । विशुद्ध सामाजिक सेवाको रुपमा क्लव गठन गरिएको सचिव कार्कीले बताए । क्लवले स्थापनासँगै तानसेनमा एक दिने प्रशिक्षण कार्यक्रम समेत गरेको छ । सचिव कार्कीका अनुसार क्लवमा आवद्ध पदाधिकारी र सदस्यहरुका लागि प्रशिक्षण दिइएको हो । प्रशिक्षणमा लायन्स क्लव अफ रामग्राम बुद्ध शान्तिका अध्यक्ष सम्राट बस्यालले सहजीकरण गरेका थिए ।

कार्यक्रममा डिस्ट्रिक कोर्डिनेटर श्याम बस्याल, डिस्ट्रिक चिफ सुशील प्रधान, डिस्ट्रिकड डेप्युटी कोर्डिनेटर राजेन्द्र लिगल, एरियाको चिफ शशि श्रेष्ठ लगायतले क्लवको सफलताको शुभकामना व्यक्त गरेका थिए । क्लव मेम्वर शिप चियर पर्सन उपेन्द्र बस्यालले राष्ट्रिय झण्डाको अभिवादन नारा वाचन गरेका थिए । क्लवका अध्यक्ष सुनिल बस्यालको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण शर्माको स्वागत, सचिव अर्जुन कार्कीको सञ्चालनमा प्रशिक्षण कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update