Shittalpati
शिक्षा र सामाजिक विकास समितिका संयोजक बिच छलफल

विष्णु पाण्डेय

पाल्पा । स्थानीय तहका शिक्षा प्रमुख र सामाजिक विकास समितिका संयोजक/जनप्रतिनिधिहरु बिच तानसेनमा छलफल भएको छ । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाको आयोजनामा आव २०७७/०७८ को स्थानीय तहमा वित्तिय हस्तान्तरण भएका शसर्त अनुदान कार्यक्रमका विषयमा छलफल भएको हो ।  शिक्षा विकास तथा समन्वय ईकाईको सभाहलमा मंगलबार र बुधबार भएको कार्यशालामा पाल्पा जिल्लाका १० वटै स्थानीय तहका शिक्षा शाखा प्रमुख, सामाजिक विकास समितिका संयोजक तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यशालाको सहजिकरण शिक्षा विकास तथा समन्वय ईकाईका ईकाई प्रमुख रमेशराज पौडेल र ईकाईका सूचना अधिकारी तथा शाखा अधिकृत विष्णु वेल्वासेलेगरेका थिए । शिक्षासँग सम्वन्धित सरकारको शिक्षा निति तथा शिक्षासँग सम्वन्धित वार्षिक बजेटका विषयमा छलफल भएको सुचना अधिकारी वेल्वासेले जानकारी दिए । स्थानीय तहमा शसर्त अनुदानको कार्यन्वयन प्रक्रियाका बारेमा १० वटै पालिका प्रतिनिधिहरुले जानकारी दिएका थिए । कार्यक्रममा बगनासकाली गाउँपालिका उपाध्यक्ष सरस्वती चिदि, तानसेन नगरपालिका शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपाने, रैनादेवि छहरा गाउँपालिकाका शिक्षा शाखा प्रमुख निशा पाण्डेय लगायतले कार्यक्रमको प्रशंसा गर्दै केही नयाँ कुराहरु सिकेको र अब स्थानीय तहमा कार्यान्वयनको प्रक्रियामा लैजाने बताएका थिए ।

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update