Shittalpati
झारफुक गर्ने बहानामा अमानविय व्यवहार गर्ने दुई जना पक्राउ

पाल्पा । जिल्लामा झारफुक गर्ने बहानामा अमानविय व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् । रामपुर नगरपालिका–८, सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा झारफुक गर्ने बहानामा अमानविय व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । नवलपुर जिल्ला देवचुली नगरपालिका–४ का एक पुरुष र एक महिलालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए ।

उनीहरुले स्थानीय केही व्यक्तिहरुलाई झारफुक गर्ने बहानामा कुटपिट गरी घाइते बनाएका थिए । घाईते उनिहरुले बोक्सीको आरोप लगाएर आफूहरुलाई अमानवीय व्यवहार गरेको उजुरीका आधारमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते दुई जनाको अहिले उपचार भईरहेको छ भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update