Shittalpati
शिक्षासेवी नेपालको निधन

पाल्पा, पाल्पाली शिक्षासेवी, शैक्षिक अभियान्ता, समाजसेवी एवं तत्कालीन नगरका प्रधान पञ्च झमेन्द्र प्रसाद नेपालको निधन भएको छ । लामो सयमदेखि विभिन्न रोगबाट ग्रसित नेपालको ८४ वर्षको उमेरमा शुक्रवार राति आफ्नै निवासमा निधन भएको हो । जनता मा.विका पूर्व प्राचार्य समेत रहेका नेपालले जिल्लाको शैक्षिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । उनको निधनले जिल्लाको शैक्षिक क्षेत्रमा अतुलनिय क्षति पुगेको छ ।

स्व. नेपाल २०२२ मा तत्कालीन तानासेन नगर पञ्चायतका प्रधान पञ्च समेत बनेका थिए । उनको निधन प्रति विभिन्न सामाजिक सञ्जालमा दुख व्यक्त गरिएको छ । शुक्रबार राति निधन भए पनि उनको शनिबार अन्तिम दाहसंस्कार गरिने भएको छ । उनको पार्थिव शरिरलाई शनिबार विहान तानसेन नगरपालिका परिसरमा श्रद्धाञ्जली सभा गरी अन्तिम विदाई गरिएको छ । सभामा प्रदेश पाँचका सांसद तथा नेपाली काँग्रेस पाल्पाका सभापति वीरबहादुर राना, नगर प्रमुख अशोक कुमार शाही, उपप्रमुख लक्ष्मीदेवी पाठक,विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ता, समाजसेवी, कर्मचारी, शिक्षक, स्थानीय लगायतको व्यापक सहभागिता रहेको थियो ।

 

 

प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update