Shittalpati
जडीवुटी दिवसको अवसरमा तातोपानी धाममा वृक्षरोपण

इमान सिं राना

पाल्पा (रामपुर) । आयुर्वेद शिरोमणी आचार्य श्री बालकृष्ण महाराजको जन्मोत्सव एवं जडीवुटी दिवसको अवसरमा रामपुर ६ तातोपानी धाम क्षेत्रमा वृक्षरोपण गरिएको छ । नगर गौशालामा रहेका गाईहरु आहारको लागि रामपुर पतन्जली योग रामपुर नगर समिति घाँसको विरुवा लगाएको हो । कालीगण्डकी तटमा रहेको नगर गौशाला भन्दा तल्लो क्षेत्रमा इपिल प्रजातिको विरुवा घाँसको लागि लगाएको हो ।

वृक्षरोपण कार्यको रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने, रामपुर नगरपालिका आयुर्वेद शाखाका प्रमुख चेमन प्रकाश पोखरेलले शुभारम्भ गरेका थिए । वृक्षरोपणमा नगर गौशाला व्यवस्थापन समितिका पदाधिकारी, रामपुर पतन्जली योग रामपुर नगर समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । रामपुर पतन्जली योग रामपुर नगर समितिका सचिव सुदिप गैरेले गौमाताको आहार व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले विरुवा लगाईएको बताए । कोषाध्यक्ष सुर्य प्रसाद श्रेष्ठले ६० वटा भन्दा बढी विरुवा लगाईएको जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update