Shittalpati
खोलामा डुबेर रामपुरमा एक बालकको मृत्यु

इमान सिं राना
पाल्पा (रामपुर) । जिल्लाको रामपुर नगरपालिका ५ भम्बक स्थित भुलादी खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । खेल्ने क्रममा खोलामा पुगेका पूर्वखोला गाउँपालिका ३ अर्खल डाँडा घर भई हाल रामपुर ५ मटेरी डेरामा बस्दै आएका सन्तोष ठाडाको २ वर्षिय छोरा विप्लप ठाडाको ज्यान गएको हो ।

खेतमा धान गोड्न गएका आमा सीता ठाडासंगै बालक पनि खेतमा गएका थिए । आमा धान गोडीरहेको अवस्थामा बालक खोलामा डुबेका हुन् । खोलामा डुबेका बालकलाई उपचारको लागि रामपुर अस्पताल लैजाँदै गर्दा बाटोमा निधन भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । घटना दिउँसो साढे २ बजे तिर भएको हो ।

प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update