Shittalpati
पाल्पा जेसीजको ३९ औं पदस्थापना, अध्यक्षमा गाहा

पाल्पा । पाल्पा जेसीज वर्ष २०२० को लागि नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थान्तरण गराइएको छ । जेसीजको गत पुष १८ गते भएको अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुको शनिबार एक कार्यक्रमका बीच पदस्थान्तरण गराइएको हो ।

जेसीजको अध्यक्षमा जेसी मदन गाहा, कानुनी सल्लाहकार जेसी थमन सारु, कार्यवाहक उपाध्यक्षमा जेसी राजिव श्रेष्ठ, अच्युत खनाल, महासचिव अर्जुन कार्की, कोषाध्यक्ष सुनिल बस्याल, उपाध्यक्ष तेजिन्द्रलाल शाक्य, प्रकाश शर्मा, विवेककाजी शाक्य, दिपेन्द्र बराल, सह–सचिव महेश खनाल, शाखा सम्पादकमा जेसी मुकेश जिसी, तालिम संयोजक जेसी धिरेन्द्र प्रधान, जनसम्पर्क अधिकारी सुनिल चापागाँई र प्रकरण निर्देशकमा सतिशराज शाक्यले पदभार ग्रहण गरेका हुन् । वर्ष १९ का पदाधिकारीहरुले आ–आफ्नो पदिय जिम्मेवारी नवनिर्वाचित पदाधिकारीहरुलाई हस्तान्तरण गरेका छन् ।

पदस्थापना कार्यक्रममा प्रमुख अतिथि प्रदेश पाँचका प्रदेश सांसद तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जिल्लाको सामाजिक क्षेत्रमा जेसीजमा आवद्ध युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले नेपाली समाजमा देखिएका विकृति विस·तिहरुलाई चिरफार गरी समृद्ध समाज निमार्ण गर्न उच्च मनोवलका साथ नयाँ नेतृत्वले थप काम गर्न आग्रह गरे । उनले भने ‘युवामा जोस जाँगर र भिजन हुने भएकाले समाज र मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन पाल्पा जेसीजले नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।’ जेसीज राष्ट्रिय स्तरमा नेतृत्व गर्न योग्य भएकाले पनि सरकारका तीनै तहको सहयोग रहने सांसद रानाले बताए । उनले मुलुकमा व्यवस्था परिवर्तन भएपनि संस्कार र संस्कृतिमा परिवर्तन आउन नसकेको धारणा व्यक्त गर्दै समाज र मुलुकमा संस्कार र संस्कृति बसाल्न युवा सक्रिय रुपमा लाग्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि तानसेन नगरपालिकाका नगरप्रमुख आशोककुमार शाहीले देशलाई भिजन र जुझारु सहितको युवा शक्ति आवश्यक परेको भन्दै आवश्यकता पूर्ति गर्नका लागि जेसीजले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले मानिसमा इच्छा शक्ति र जोस भए समयलाई नै रोक्न सक्ने उदाहरण दिर्दै युवा सचेत र जोस सहितको वर्ग भएकाले समाज र देश रुपान्तरणमा लाग्न जेसीजमा आवद्ध युवाहरुलाई आग्रह गरे । कार्यक्रममा रोट्याक क्लव बुटवलका संस्थापक अध्यक्ष अर्जुन घिमिरेले सामाजिक कार्य र नेतृत्व विकासमा जेसीजले महत्वपूर्ण काम गर्दै आएकाले जेसीजबाट राजनीतिक दलहरुले पनि सिको गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका जिल्ला सदस्य मुक्तिप्रसाद न्यौपानेले जेसीज विशुद्ध सामाजिक संस्था भएकाले प्रचारात्मक कार्यहरुलाई भन्दा पनि सामाजिक कामलाई प्रथामिकता दिर्दै अगाडि बढ्न आग्रह गरे । जेसीज पाल्पाका संस्थापक महाचिव बुद्धिप्रसाद शर्माले १९८० मा स्थापना भई निरन्तर सामाजिक क्षेत्रमा सस्थाले काम गर्दै आएको बताए । उनले देशका लागि आवश्यक योग्य र कुशल नेतृत्व प्रदान गर्न जेसीजले सञ्चालन गर्दै आएका कार्यक्रम तथा तालिमहरुले महत्वपूर्ण भूमिका खेल्दै आएको धारणा व्यक्त गरे । संस्थाका निर्वतमान कार्यवाहक अध्यक्ष थमनबहादुर सारुले १८ वर्ष देखि ४० वर्ष उमेर समूहका युवाहरुलाई विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको बताए ।

नवनिर्वाचित अध्यक्ष मदन गाहाले जेसीजको मिसन र भिजनलाई आत्मासाथ गर्दै सामाजिक क्षेत्रमा सधैँ क्रियाशील रहदै आफ्नो कार्यकालमा पाल्पा जेसीज अझैं सशक्त भई अगाडि बढ्ने बताए । कार्यक्रममा निर्वाचन अधिकृत निलममान महर्जनले जेसीजको विधिविधान अनुरुप नै लोकतान्त्रिक विधिबाट पदाधिकारीहरु चयन भएको बताए । जेसी राजिव श्रेष्ठको स्वागत अर्जुन कार्की, अच्युत खनाल र निलममान महर्जनको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, माघ ११, २०७६  ०४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update