Shittalpati
पाल्पाको रामपुरमा एक पुरुष मृत अवस्थामा फेला

इमान सिं राना
पाल्पा । जिल्लाको रामपुर नगरपालिका ४ सदावर्तमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । रामपुर क्षेत्रमा मजदुरी गर्दै आएका अन्दाजी ५५ वर्षिय पुरुष मृत अवस्थामा भेटिएका हुन् ।

मजदुरीको क्रममा रामपुर आएका उनी ४ वर्ष देखि सदावर्त विष्णुदेवी आचार्यको पुरानो घरमा बस्दै आएका थिए । उनी विहान साढे ६ बजे बस्दै आएको घर पछाडी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भिम बहादुर कार्कीले बताए ।

उनको घर रोल्पा भनिए पनि हाल सम्म नाम थर र ठेगाना केही खुल्न नसकेको कार्कीले बताए । वरपर बस्नेहरुलाई घर रोल्पा भन्ने थाहा भए पनि नाम र ठेगाना कसैलाई थाहा नभएको बताए । उनलाई सुरुवातमा रामपुर लिएर आउने व्यक्ति अहिले विदेशमा रहेकाले उनीसंग जानकारीको लागि सम्पर्क गर्ने प्रयास भैरहेको छ । पोष्ट मार्टमका लागि उनको शव रामपुर अस्पतालमा लगिएको छ ।

प्रकाशित मिति: आइतबार, असार १४, २०७७  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update