Shittalpati
अनेरास्ववियू पाल्पाको संयोजकमा सोमै, गुल्मीमा कुंवर

पाल्पा, सत्तारुढ दल नेकपाको भ्रातृसंगठन अनेरास्ववियूले जिल्ला नेतृत्वको टुङ्गो लगाएको छ । केही दिन अघि मात्रै केन्द्रीय सदस्यहरुको टुङ्गो लगाएको केन्द्रीय नेतृत्वले जिल्लाका संयोजक र सह–संयोजकहरुको टुङ्गो लगाएको हो । नेतत्वले अनेरास्ववियू पाल्पाको संयोजकमा पदम सोमै र सह–संयोजकमा हिरामणी पराजुलीलाई चयन गरेको छ ।

संयोजक सोमै तत्कालिन माओवादी केन्द्रको तर्फबाट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष हुन भने सह–संयोजक पराजुली तत्कालिन नेकपा एमालेको भातृसंगठन अनेरास्ववियूका जिल्ला अध्यक्ष हुन । सोमै र पराजुुलीले जिल्लाको विद्यार्थी आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका छन् । उनीहरु जिल्लाको शैक्षिक क्षेत्रमा देखिएको विकृति विसंगतीका विरुद्धमा सशक्त रुपमा अगाडि बढेको पाइन्छ । त्यस्तै गरी नेतृत्वले अनेरास्ववियू गुल्मीको संयोजकमा राजेन्द्र कुंवर, र सह–संयोजकमा भरत चन्दलाई चयन गरेको छ । संयोजक कुंवर तत्कालिन नेकपा एमालेको भातृसंगठन अनेरास्ववियूका जिल्ला अध्यक्ष हुन भने, चन्द तत्कालिन माओवादी केन्द्रको तर्फबाट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष हुन । दुवै जना जिल्लाको विद्यार्थी आन्दोलनका सक्रिय हस्ती हुन । पाल्पा, गुल्मीसँगै देशैभर अनेरास्ववियूको जिल्ला संयोजक र सह–संयोजकको टुङ्गो लागेको छ । गत पुस २७ र २८ गते काठमाडौंमा भएको अनेरास्ववियूको नवनिर्मित केन्द्रीय समितिको निर्णयले दिएको कार्यादेश अनुसार संयोजक ऐन महर र सह–संयोजक रंजित तामाङ्गले जिल्ला नेतृत्वको टुङ्गो लगाएका हुन् ।

प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  ०३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update