Shittalpati
मिडिया सवलीकरणमा तानसेन सरकारको चासो

नवजनचेतना डेस्क
तानसेन । तानसेन नगर सरकारले स्थानीय मिडिया सवलीकरण र सञ्चारकर्मीहरुको समस्याप्रति दिएको चासोले अहिले देशैभर चर्चा कमाएको छ । नगरसरकारले स्थानीय मिडिया मार्फत काम कारवाही र सेवा प्रवाह तथा शिक्षण विधीलाई समेत आधुनिक प्रविधिमा ढाल्दै गएपछि यो विषय देशैभर चर्चित बनेको हो ।

विकासका कुरामा जनताको सहभागिता बढाउने काममा स्थानीय मिडियाको महत्व बढी भएकाले पनि यो वषय चर्चित बनेको सञ्चार विज्ञहरु बताउँछन् । नगरभित्रका स्थानीय रेडियो, अनलाईन, दैनिक, साप्ताहिक र अद्र्धसाप्ताहिक, पाक्षिक पत्रपत्रिका, स्थानीय टेलिभिजनका लागि संस्थागत सहयोग तथा सूचना प्रवाहका क्षेत्रमा नगरसरकारले समयानुकूल बढाएको लगानीले गर्दा सिंगो पाल्पाली पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पुगेको सम्बन्धित पक्षका जानकारहरु बताउँछन् । कोभिड १९ को बढ्दो संक्रमणसंगै, स्थानीय रेडियो, टेलिभिजनबाट दूर शिक्षा कार्यक्रम प्रशारणपछि तानसेन सरकार यस्ता काममा प्रदेश पाँचकै नमूना भएको प्रतिक्रियाहरु आउन थालेका छन् । जिल्ला र केन्द्रीयस्तरका पत्रकारिता पुरस्कारको स्थापनाका साथै विकास पत्रकारिताको प्रवद्र्धनमा समेत नयाँ सोंचका साथ अगाडि बढ्ने योजना रहेको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए ।

नगरप्रमुख शाहीले भने, ‘जबसम्म स्वतन्त्र पत्रकारिताको विकास र प्रवद्र्धन हँुदैन, तबसम्म लोकतन्त्रको विकास हुन सक्दैन, लोकतन्त्रलाई संस्थागत गर्नका लागि प्रेस जगतको विकास अपरिहार्य छ । पत्रकारिताले सरकारका राम्रा गतिविधीलाई जनता समक्ष पस्कने र सरकारबाट भएका कमी कमजोरीलाई नकारात्मक र सकारात्मक रुपमा औल्याउने निकाय भनेकै लोकतन्त्रको महत्वपूर्ण अ· प्रेस हो । त्यसकारण प्रेस, लोकतन्त्र र विकासे कार्यक्रमलाई त्रिकोणात्मक रुपमा अगाडि बढाउनुको विकल्प छैन ।’ अन्य योजना जस्तै प्रेस स्वतन्त्र रुपमा अगाडि बढाउनका लागि सरकारको सहयोग अपरिहार्य छ, सहयोगको अर्थ फेरि हाम्रो प्रशंसा मात्रै गर्ने भन्ने होइन, नगरप्रमुख शाहीले स्पष्ट पारे । उपप्रमुख लक्ष्मी पाठकले कोरोना र महामारीको समयमा जनतालाई सचेतना जगाउने कामका लागि मिडिया र सरकार बीचको एक आपसी सहकार्यले जनताका आवश्यकता र विकासका काममा सहयोगी बन्ने कार्यमा लाग्न सबैको सहयोग अपरिहार्य रहेको बताईन् ।

नगर सरकारले प्रति वर्ष १५ देखि २५ लाखसम्म स्थानीय मिडियाको संस्थागत विकास र विज्ञापनको क्षेत्रमा खर्च गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासेले बताए । उनले भने ‘जसरी विकास र निर्माणमा खर्च गर्नु जरुरी छ, त्यसैगरी सूचना र सञ्चारको विकासमा पनि खर्च गर्नु आजको आवश्यकता हो ।’ स्थानीय सरकारले मिडियाप्रति देखाउने असल व्यवहार नगर सरकारले देखाएकाले यसको तागतलाई बुझ्ने कुरामा नगर सरकार अब्वल रहेको पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेशकुमार अर्यालले बताए । उनले विज्ञापन र संस्थागत सहयोग मात्रै नभएर, राहतकोष र समग्र पत्रकारिता क्षेत्रको विकासका लागि दक्ष जनशक्तिको विकास, मिडिया हाउस र पत्रकार कल्याणकारी कार्यले गर्दा, नगर सरकार पत्रकारिता मैत्री बन्दै गएको छ । अध्यक्ष अर्यालले भने ‘नेपालमै स्थानीय सरकारको तर्फबाट फिल्डमा खटेर कोभिड १९ को जोखिम मौल्दै, पत्रकारिता गरिरहेका ९५ जना पत्रकारहरुको एक÷एक लाखको कोरोना बिमा गर्दिने जस्ता कार्य अत्यन्त लोककल्याणकारी सावित भएको छन् ।’ उत्कृष्ठ पत्रकारिता पुरस्कार र जोखिम मोलेर रिर्पोटि·मा खट्ने क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्ने कार्यले पेशाप्रति गरिएको सम्मानले दुःख पाएका पत्रकारहरु पनि गौरवको अनुभूति गर्न सक्ने वातावरण बनेको पत्रकार महासंघका जिल्ला उपसभापति भरत शर्माको भनाई छ । शर्मा भन्छन्, ‘तानसेन नगर सरकारले नेपाल पत्रकार महासंघलाई भवन निर्माणदेखि लिएर अन्य धेरै काममा सहयोग गर्नु प्रशंसनिय कार्य हो ।’

नगरपालिकाले स्थानीय सञ्चार माध्यमको संस्थागत सवलीकरणका साथै मिडिया नबाचेसम्म लोकतन्त्र बाच्न सक्दैन भन्ने मान्यतालाई प्राथमिकता दिने कार्यको थालनी अत्यन्त प्रशंसनिय रहेको नगरपालिकाका सामाजिक विकास तथा प्रशासकीय अधिकृत भरत आचार्यको धारणा छ । प्रेस स्वन्त्रता सेनानी मेघराज शर्मा भन्छन्, ‘जबसम्म मिडिया सवल हँुदैन, तबसम्म लोकतन्त्रको संस्थागत विकासको परिकल्पना गर्न सकिदैन ।’ नगरपालिकाले केवल नगर भित्रका मात्रै मिडियाको विकास भन्दा पनि समग्र जिल्लाभरीको पत्रकारिताको विकास र मिडियाको प्रर्वद्धनमा जोड दिदै आएको नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा नगरपालिकाका प्रेस सल्लाहकार गोविन्द भट्टराईले बताए ।

नगर सरकारले मिडियाका क्षेत्रमा गरेका कामको विश्लेषण गर्दै सञ्चारगृह र सञ्चारकर्मीमा नगर सरकारको समान व्यवहार हुनुपर्ने कुरामा कमी भएको युवा पाल्पाली पत्रकार माधव अर्याल बताउँछन् । ‘उनले भने आस्थाको आधारमा हुने व्यवहारको अन्त्य गर्नुपर्छ । सहयोग गर्ने नाउमा मुखपत्र बनाउने सोंचको अन्त्य हुनुपर्छ ।’ स्थानीय मिडियाको सवलीकरण, स्तरीकरण र स्थानीयकरणको वहस गरी रहेका युवा पत्रकार नेपाल पत्रकार महासंघका जिल्ला सचिव किरण कौशलले नगर सरकार मिडिया मैत्री मात्रै भएर पुग्दैन, दक्षता, क्षमता वृद्धिका साथै फेलोशिपका कार्यक्रम पनि अगाडि बढाउनुपर्ने कुरामा जोड दिन्छन् । उनले भने ‘यसरी नै तिनै तहका सरकारले कार्यान्वयन गर्ने हो, भने मिडिया सवलीकरण स्तरीकरणका साथै स्वतन्त्र र निप्षक्ष सामग्री प्राप्त गर्न गाह्रो हुँदैन ।’ नगरपालिकाका सूचना अधिकारी दुर्गा थापाले जनता सक्षम सफल सरकार बन्नका लागि स्थानीय मिडियाको सवलीकरण र उनीहरुलाई स्वतन्त्र र यथार्थ टीका टिप्पणी गर्ने वातावरणको विकास आवश्यक भएको बताए । शिक्षा तथा समाजसेवी बुद्धिप्रसाद शर्माले मिडिया जति स्वतन्त्र भयो, त्यति जनताको मनोवल उच्च हुने र सरकारले गरेका राम्रा काम र सुझाव प्राप्त गर्न महत्वपूर्ण टेवा पुग्ने धारणा व्यक्त गरे ।

 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update