Shittalpati
व्यापार व्यवसायी र सवारी साधन पूर्ण रुपमा बन्द गर्न उद्योग वाणिज्य संघ गुल्मीको आग्रह

रमेश विश्वकर्मा
गुल्मी । उद्योग वाणिज्य संघ गुल्मीले एम्बुलेन्स बाहेक जिल्लामा व्यापार व्यवसाय तथा सवारी साधन पूर्ण रूपमा बन्द जिल्लावासीलाई आग्रह गरेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सम्भावित जोखिमबाट बच्न व्यापार व्यवसायी र अत्यावश्यक सवारी साधन बाहेक अन्य साधन बन्द गर्न संघले आग्रह गरेको हो ।

संघले जेठ १४ गते बुधबार राति १२ बजेदेखि जेठ २० गते सम्म पूर्ण रूपमा बन्द गर्न सबैलाई अनुरोध गरेको संघका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए । कोरोना भाइरस (कोभिड-१९) को जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले तोकेको लकडाउन अबधीमा व्यापार व्यवसाय तथा सवारी साधन पूर्ण रूपमा बन्द गर्न आग्रह गरिएको संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । उनले एम्बुलेन्स बाहेक व्यापार व्यवसाय तथा सम्पूर्ण सवारी साधनहरु बन्द गरेर सहयोग गरिदिन व्यवसायीहरुलाई आग्रह गरे । भारतबाट जिल्लामा प्रवेश गर्नेहरु बिना परीक्षण प्रवेश गरी क्वारेन्टिनमा बसेको बताईएको छ । यसरी जिल्ला कोभिड-१९ को जोखिमबाट अत्याधिक खतरामा देखिएको संघले जनाएको छ ।

जिल्लामा कोरोना भाइरसको कारण एक जना शिक्षकको मृत्यु भएको छ । शिक्षकको सम्पर्कमा रहेका एक जनामा कोराना पुष्टि भएको छ । त्यस्तै सोमबार मात्रै जनप्रतिनिधि सहित थप दुई जनामा कोराना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यो संगै जिल्लामा चार जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update