Shittalpati
रामपुरमा विद्युत सर्ट हुँदा घरमा आगलागी

पाल्पा (रामपुर) । रामपुर नगरपालिका ६ गैटारमा एक घरमा आगलागी भएको छ । विद्युत सर्ट भई मंगलबार विहान १ बजे ४९ वर्षिय गोपाल बिकको टिनले छाएको २ तले कच्ची घरमा आगलागी भएको हो ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति नभए पनि कोठामा रहेको टिभी, फ्रिज र लत्ताकपडा जली नष्ट भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिम बहादुर कार्कीले जानकारी दिए । आगलागीबाट करिब २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । अचानक विद्युत सर्ट भई भएको आगलागी स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  ०५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update