Shittalpati
तानसेनमा वातावरणीय बस टर्मिनल निर्माण कार्यको शुभारम्भ

पाल्पा । तानसेन नगरपालिकाको प्रयासमा तानसेन नगरपालिका ५ स्थित कैलाशनगर र वनदेवी बीचमा निर्माणाधीन वातावरणीय बस टर्मिनल निर्माण कार्यको शुभारम्भ गरिएको छ । नगर प्रमुख अशोक कुमार शाहीले रुख काटेर निर्माण कार्यको शुभारम्भ गरेका हुन् । सदरमुकाम तानसेनमा बसपार्क अभाव र साँघुरो हुँदा सयौं सवारीहरु पार्किङ्गमा समस्या रहेकोमा तानसेन नगरपालिकाले बहुउद्देश्यीय भवन सहितको बसपार्क निर्माण गर्न लागेको हो । बसपार्कको लागि आवश्यक रुख कटानको सुरुवात गर्दै नगरप्रमुख शाहीले नगरको विकासमा यसले महत्वपूर्ण टेवा पुग्ने बताए । बसपार्क निर्माणको क्रममा रुख कटानमा प्रदेश सभासदहरु नारायण प्रसाद आचार्य, वीरबहादुर राना, डा.पुरनमान बज्राचार्य, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख मिरा मरासिनी, नेकपाका नेता ठाकुर गैरे, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, स्थानीय र कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update